म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र अल्भारेजको गोल

0
Shares

काठमाडौं ।

ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए। यो म्यानचेस्टर सिटीको यस सिजनमा १२ औँ जित हो। १९ खेलमा ४० अङ्क भएको म्यानचेस्टर सिटी यो जितपछि तेस्रो स्थानमा उक्लिएको छ।

समान ४० अङ्क रहेको आर्सनल गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ। त्यसैगरी शेफिल्ड युनाइटेडको भने यो यस सिजनमा १५ औँ हार हो । २० खेलमा ९ अङ्क रहेको शेफिल्ड अङ्क तालिकामा पुछारमा रहेको छ।