रोमामाथि युभेन्टसको जित



काठमाडौं ।

इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो।

युभेन्टसको जितमा खेलको ४७औं मिनेटमा एड्रियन राबिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि युभेन्टस १८ खेलमा ४३ अंकसहित दोस्रो स्थानमा रहेको छ।

त्यस्तै रोमाको भने यो यस सिजनमा छैटौं हार हो । १८ खेलमा २८ अंक रहेको रोमा लिगमा सातौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्