मुम्बईको एक कारखानामा आगलागी, ६ जनाको मृत्यु

0
Shares

एजेन्सी ।

भारतको महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ। आगलागीमा परी ६ जनाको मृत्यु भएको छ।

छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन्। यस  घटनामा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा करिब आइतबार बिहान २ बजेर १५ मिनेटबाट आगलागी सुरु भएको थियो। कारखाना बन्द रहेको र केही कामदार भित्र सुतिरहेको समयमा आगलागी भएको जनाइएको छ।

आगो निभाउने काम भइरहेको र आगलागीको यकिन कारण भने खुल्न सकेको छैन।