ड्रिप सिटी ब्वाइजलाई उपाधि

0
Shares

काठमाडौं ।

ड्रिप सिटी ब्वाइज फुटबल क्लबले पोर्चुगलमा भएको प्रथम क्रिसमस कप फुटबल २०२३ प्रतियोगिताको उपाधि जितेको छ।

पोर्चुगलमा सञ्चालनमा रहेको नेपाली फुटबल क्लबहरूबीच भएको फुटबल प्रतियोगिता प्रथम चिची पापा क्रिसमस कप २०२३ को फाइनलमा ड्रिप सिटी ब्वाइजले दमौली फुटबल क्लबलाई ४–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो।

जितसँगै ड्रिप सिटी ब्वाइजले दुई हजार युरो नगदसहित ट्रफी हात पारे। त्यस्तै, उपविजेता दमौली फुटबल क्लबले एक हजार युरो पुरस्कार प्राप्त गरेका छन्।

त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडी सौगात गुरुंग घोषित भए भने सर्वाधिक गोलकर्ता बनेका वीरेन्द« रानाभाट, उत्कृष्ट गोलरक्षक वीरे तामाङ र फेयर प्ले टिमबाट युनाइटेड ब्रदर्स सम्मानित हुँदै ट्रफी प्राप्त गरे।

विजेताहरूलाई प्रतियोगिताका प्रमुख अतिथि गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष उमेश खड्का, विशेष अतिथि एसीसी सदस्य (एनआरएनए) राजकुमार थापा, तथा अन्य अतिथिहरू जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष बौद्ध प्रसाद गुरुङ र एनसीसी पोर्चुगलका सदस्य हेम गुरुङले मेडल तथा पुरस्कार वितरण गरेका थिए।

उक्त प्रतियोगिता लिस्बनस्थित चिची पापा रेष्टुरेन्टको मुख्य प्रायोजन र ग्रिल एन्ड चिल रेष्टुरेन्टको सह–प्रायोजन तथा मनमैजू फुटबल क्लब पोर्चुगल र मेची–महाकाली क्लब पोर्चुगलको संयुक्त आयोजनामा पोर्चुगलको राजधानी लिस्बनस्थित भिक्टोरिया क्लब डे लिस्बनको खेलमैदानमा क्रिसमसको अवसर पारेर आयोजना गरिएको थियो।

उक्त प्रतियोगितामा १२ वटा नेपाली फुटबल क्लबलाई चार समूहमा विभाजन गरी खेलाइएको थियो ।