कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु

0
Shares

एजेन्सी ।

कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु भएको छ। कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार राति देखी परेको भारी वर्षामा परी ४० जनाको मृत्यु भएको हो।

उक्त बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको र सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तीमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्।