काठमाडौं जेभियर्स र सनसाइन उपाधिनजिक



काठमाडौं ।

काठमाडौं जेभियर्स र सनसाइन १२औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा काठमाडौं जेभियर्सले चैतन्यलाई २०–१२ ले पराजित गर्‍यो।

काठमाडौं जेभियर्सका रोशन राउतले ५ अंक जोडे । सनसाइनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई १३–१२ ले हरायो। सनसाइनका सुवासले ७ स्कोर गरे।

सिनियर ब्वाइजमा पनि काठमाडौं जेभियर्स फाइनलमा पुग्न सफल भयो । काठमाडौं जेभियर्सले एआईएलाई २२–१४ ले पाखा लगायो। जितमा रोनित श्रेष्ठले ९ अंक योगदान गरे।

फाइनलमा काठमाडौं जेभियर्सले हेम्सको सामना गर्ने छ। अर्को सेमफिाइनलमा हेमन्तको ५१ अंक सहयोगमा हेम्सले सनसाइनलाई ५१–३० ले पन्छाएको थियो।

सिनियर गल्र्समा एसियन पब्लिक र इनोभेटिभ उपाधिका लागि भिड्ने भएका छन्। एसियन पब्लिकले सिर्जनशीलमािथ १३–७ को जित दर्ता गर्‍यो।

एसियनकी सारिका बोहराले ५ स्कोर गरिन्। इनोभेटिभले काठमाडौं जेभियर्सलाई २०–५ ले सहजै पाखा लगाउदै तीन उपाधिनजिक पुग्नबाट रोक्यो। इनोभेटिभकी रिद्धि घर्तीले १४ अंक जोडिन् । फाइनल बुधबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्