ईङ्लिस प्रिमियर लिग : बोर्नमाउथसँग फुलह्याम पराजित

0
Shares

काठमाडौं ।

ईङ्लिस प्रिमियर लिग अन्तर्गत बोर्नमाउथले फुलह्यामलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बोर्नमाउथले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले एक एक गोल गरेका थिए। यो बोर्नमाउथको यस सिजनमा सातौं जित हो।

यो जितपछि बोर्नमाउथको १८ खेलमा २५ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ। त्यसैगरी फुलह्यामको भने यो यस सिजनमा १०औं हार हो । फुलह्यामको १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।