एमाले बागमती सम्पर्क कमिटीमा ठकुरी निर्वाचित

0
Shares

काठमाडौं ।

नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी पुनः निर्वाचित भएका छन्। साेमबार सम्पन्न निर्वाचनमा ठकुरी प्रतिस्पर्धी विवेक शर्मा (विष्णु खनाल)लाई पराजित गर्दै अध्यक्षमा पुनः विजयी भएका हुन्।

यस्तै निर्वाचनले उपाध्यक्ष सरोजमोहन लामा, सचिवमा धनबहादुर पलामी र उपसचिवमा अमृत खडका र सरिता जिरेल निर्वाचित भएका छन्। एमाले बागमती सम्पर्क कमिटीमा सहमति जुट्न नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।