प्रधानमन्त्री भन्छन्- विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने काम गर्दै छु



काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिने गरी अघि बढिरहेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १३१औँ माओ दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामबारे जनतालाई जानकारी गराउने बताए। उनले परम्परा तोडेर प्रधानमन्त्रीका रूपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरूसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताए।

प्रधानमन्त्री प्रचण्डले अर्को वर्ष विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी आफू अघि बढेको बताए।

प्रतिक्रिया दिनुहोस्