क्रिमियामा रुसी जहाज ध्वस्त पारेको युक्रेनको दाबी

0
Shares

एजेन्सी ।

युक्रेनको वायुसेनाले मङ्गलबार क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लिटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको युक्रेनले दाबी गरेको छ।

फिओडोसिया रुसी नौसेनाको कब्जामा रहेको क्रिमियन प्रायद्वीपस्थित आधार शिविर हो। स्रोतका अनुसार सो विमान रुसले युक्रेनका विरुद्ध नियमित रूपमा प्रयोग गर्ने इरानी विस्फोटक ड्रोनसँग सम्बद्ध रहेको आशङ्का गरिएको छ।