ट्रक र बस ठोक्किँदा ८ जनाको मृत्यु, ६ घाइते

0
Shares

एजेन्सी।

पश्चिमी तान्जानियाको किगोमा क्षेत्रमा शनिबार साँझ एउटा मिनी बस र ट्रक ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
किगोमा क्षेत्रीय आयुक्त फिलेमोन माउन्गुले किगोनामा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार साँझ ५ बजे सो दुर्घटना भएको हो ।

स्थानीय समय अनुसार शनिबार किबोन्डो जिल्लाको मुम्कुग्वा गाउँमा किबोन्डो–काकोन्को राजमार्गमा गुडिरहेको मिनी बसका चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो ।