गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना सङ्क्रमण

0
Shares

धनगढी ।

सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका दुई जना कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो। ९२ जनामा नेगेटिभ देखिएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदूरपश्चिममा भित्रिनेमा दिनहु कोरोना संक्रमण देखिन थालेको छ।