ईङल्याण्डविरुद्धको सिरिज वेष्ट इन्डिजलाई



काठमाडौं ।

वेष्ट इन्डिजले ईङल्याण्डविरुद्धको टी- २० सिरिज जितेको छ। गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेष्ट इन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३-२ ले जितेको हो।

ईङल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेष्ट इन्डिजले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। वेष्ट इन्डिजको जितमा शाई होपले सर्वाधिक ४३ रन बनाए। शेर्फान रदरफोर्ड ३० र जोनसन चाल्स २७ रनमा आउट भए।  ईङल्याण्डका लागि आदिल राशिद र रिस टोप्लीले २-२ विकेट लिए।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ईङल्याण्ड १९.३ ओभरमा १ सय ३२ रनमा अलआउट भएको थियो।  ईङल्याण्डका ओपनर फिलिप साल्टले सर्वाधिक ३८ रन बनाए। लियाम लिभिङस्टोन २९ रनमा आउट भए।

वेष्ट इन्डिजका गुडाकेश मोतीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। आन्द्रे रसेल, अकिल हुसेन र जेसन होल्डरले २–२ विकेट लिए। यस सिरिजको प्लेयर अफ द सिरिज ईङल्याण्डका फिल साल्ट बनेका छन्।

प्रतिक्रिया दिनुहोस्