दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो एकदिवसीय सिरिज



काठमाडौं ।

भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज जितेको छ। गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो।

भारतले दिएको २९७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका ४५.५ ओभरमा अलआउट हुँदै २१८ रन मात्र बनाएपछि खेल भारतले ७८ रनले जितेको थियो। यस अघि पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै २९६ रन बनाएको थियो।

यस खेलमा शतक बनाएका भारतका संजु सामसन खेलको प्लेयर अफ द म्याच बनेका थिए भने तीन खेलमा १० विकेट लिएका भारतका बल अर्शदीप सिंह प्लेयर अफ द सिरिज बनेका थिए।

प्रतिक्रिया दिनुहोस्