बिडिसिए कपको उपाधि निङलाशैनीलाई

0
Shares

बैतडी ।

बैतडीमा बुधबार सम्पन्न २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले जितेको छ।

फाइनल खेलमा दशरथचन्द एकेडेमीमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै निङलाशैनीले उपाधि जित्यो। योसँगै निङलाशैनीले उपाधिको रक्षा समेत गरेको छ। विजेता टोलीले ५० हजार हासिल गर्दा एकेडेमीले ३५ हजार नगद प्राप्त गर्‍यो।

एकेडेमीले दिएको २ सय २९ रनको लक्ष्य निङलाशैनीले ४६.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो। जसमा खडक बोहराले अर्धशतकीय पारी खेले।

म्यान अफ द फाइनल बनेका खडकले ८२ रन जोडेका थिए। एकेडेमीका सन्तोष चन्दले ४ विकेट हात पारेपनि उपाधि दिलाउन सकेनन्।त्यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एकेडेमीले ४९ ओभरमा २ सय २८ रन जोडेको थियो।

टोलीका लागि बसन्त खत्रीले ५८ रन योगदान गरे । निङलाशैनीका कप्तान रिसिकेश बोहरा र खडकले ३/३ विकेट हात पारे ।

यसैबीच प्रतियोगिताभर ५ सय ४६ रन र ८ विकेट लिएका खडकले सर्वाेत्कृट खेलाडी र बेस्ट बलर हुँदै साढे ७ हजार पुरूस्कार हात पारे। प्रतियोगितामा १४ विकेट लिएका एकेडेमीका वसन्त खत्री उत्कृष्ट बलर हुदै २ हजार ५ सय पुरूस्कार पाए।