सिंहदरबारको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद्‌ बैठक



काठमाडौं ।

मन्त्रिपरिषद्को नियमित बैठक अहिले जारी छ। सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बसेको हो।

अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुनर्निर्माण गरेको हो।

नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष यसअघि नै सारिएको थियो।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको बैठक कक्षको अवलोकन गरेपछि मन्त्रिपरिषद्‌को बैठक त्यहिँ बसेको हो।

प्रतिक्रिया दिनुहोस्