एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सभापति पोखरेलले जनाए असन्तुष्टि



काठमाडौं ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले एनसेलको भ्रष्टाचार काण्डसम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने काम भएको भन्दै जनतालाई सचेत रहन अपिल गरे।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु।”

प्रतिक्रिया दिनुहोस्