अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पताल भर्ना

0
Shares

एजेन्सी ।

‘अन्डरवर्ल्ड डन’दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन्। विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।

अस्पतालभित्र कडा सुरक्षा घेरामा राखेर उनको दुई दिनदेखि उपचार भइराखेको छ। दाउद इब्राहिम भारतको मोस्ट वान्टेड आतङ्कवादी हुन् । संयुक्त राष्ट्र सङ्घले पनि दाउदलाई विश्वव्यापी आतङ्कवादी घोषणा गरेको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सन् २००३ मा दाउद इब्राहिममाथि २५ मिलियन डलरको इनाम राखेको थियो। उनी विरुद्ध विभिन्न राष्ट्रिय एजेन्सीहरूले सम्पत्ति शुद्धीकरण मुद्दा र हतियार तस्करी मुद्दालगायत थुप्रै मुद्दा दायर गरेका छन्।