लागुऔषध र धारिलो हतियारसहित ४२ जना पक्राउ

0
Shares

एजेन्सी ।

श्रीलङ्काको सुरक्षा बलले आइतबार विभिन्न किसिमका लागुऔषध र धारिलो हतियारसहित ४२ जनालाई पक्राउ गरेको छ।
कोलम्बो उपनगरमा भएको विशेष छापामारमा जम्मा १५६ प्रहरी अधिकारी, सेनाका १५४ जना र विशेष कार्यदलका १६ जना अधिकृत सहभागी टोलीले १६५ घरमा खानतलास गर्दै ६२५ जनाको खोजी गरेको छ ।

श्रीलङ्का प्रहरीले सङ्गठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिलाई नियन्त्रण गर्न आइतबार विशेष अभियान थालेको छ ।