अजेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ जनाको मृत्यु

0
Shares

एजेन्सी ।

अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लांकामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लांकाको छत खसेको थियो।

“दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ,” नगरपालिकाले विज्ञप्तिमा भनेको छ। अग्निनियन्त्रकहरूले भग्नावशेषमुनि फसेका मानिसको उद्धारका निम्ति काम गरिरहेको पनि नगरपालिकाले जनाएको छ।

उक्त सहरमा १४० किलोमिटर (८७ माइल) प्रतिघण्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ। तीव्र गतिको हावा आएसँगै केही भागमा बिजुली समेत गएको थियो।