उदयपुरको गाईघाटमा भीषण आगलागी

0
Shares

उदयपुर। 

उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित गाईघाट बजारमा रहेको एक मोटर साइकल ग्यारेजमा आगलागी भएको छ ।
बजारबाट त्रियुगा बसपार्क जानेबाटनेमा रहेको राजकुमार साहद्वारा संचालित राज मोटर साइकल मर्मत केन्द्रमा साँझ साढे सात बजे साे आगलागीबाट पसलमा रहेका सम्पूर्ण सामान मर्मतका लागि राखेको मोटर साइकल तथा बिक्रीका लागि राखिएको अन्य सामान समेत जलेर नष्ट भएको छ ।

 आगलागीबाट वरपरका अन्य पाँच वटा पसल समेत जलेकाे छ  भने जेसिबिले पसलको काेठा भत्काएर त्रियुगा नपाकाे दमकलले आगो निभाएको थियो । अहिले आगो नियन्रणामा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

साे आगलागीबाट सबै पसलको गरेर करीब डेढ कराेडकाे क्षती भएको अनुमान गरिएको छ भने सबैभन्दा बढी मोटर साइकल ग्यारेजको करीब ७० लाख बढीको क्षति भएको अनुमान गरिएको छ