एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । यसै विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झुट्टा प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यसप्रकारका दुस्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरे ।

कानुन विपरित एनसेलको शेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागि परेको सरकारविरुद्ध नै झुट्टा प्रचारवाजीमा उत्रिएको भन्दै सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे।