सैबु ब्याडमिन्टनमा कालिका क्लबका ठकुरी र गुरुङको टिम विजयी



 ललितपुर ।

 सैबु ब्याडमिन्टन सर्कलले आयोजन गरेको दोस्रो खुला ब्याडमिन्टन प्रतियोगितामा कालिका क्लबका श्याम ठकुरी र ओमकार गुरुङको टिम पहिलो भएको छ । शनिबार सम्पन्न खेलमा कालिका क्लबकै उत्तम सत्याल र भीम थापाको टिम द्वितीय भएको थियो । प्रतियोगितामा वालकुमारी सृजना क्लबका अजय थापामगर र कमल थापा, सैबु ब्याडमिन्टन सर्कलका शिशिर राई र सुरेश तामाङको टोली तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगद, प्रमाणपत्र, ट्रफि र मेडल पाएका छन् । द्वितीय हुने टिमले २० हजार नगद, प्रमाणपत्र,मेडल र ट्रफी, पाएका छन् । तृतीय हुने दुईवटा टिमले ७ हजार ५ सय नगद, प्रमाणपत्र, मेडल र ट्रफी पाएका थिए ।

 प्रतियोगितामा प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष दामोदर खड्का,सर्कलका अध्यक्ष शंकर थापामगर, ब्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ, उपाध्यक्ष पूर्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ र प्रतियोगिताका संयोजक मिलन थापाले विजयी खेलाडीहरुलाई खादा, मेडल, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गरेका थिए ।

 प्रतियोगितामा कालीका क्लबका ओमकार गुरुङ  सर्वोत्कृष्ट खेलाडी चयन  भएका थिए । खेलाडी गुरुङलाई ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रममा समापन खेल हुनुअघि भेट्रान खेलाडी ध्रुबकुमार श्रेष्ठ, डा भीमसेन गुरुङ, गणेशराज पोखरेल र सूर्य महर्जन दुईसेट खेलखेलेका थिए ।

 यही १६ गतेदेखि मगरगाउँ ब्याडमिन्टन कोटमा सम्पन्न  प्रतियोगितामा २४ टिम सहभागी थिए ।  समापन कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका–१८का वडा अध्यक्ष दामोदर खड्काले प्रतियोगितामा विजयी र सहभागी खेलाडीलाई बधाई दिएका थिए । उनले वडाले खेलकुद क्षेत्रको विकासको लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका  थिए ।

उनले भने–शारीरिक स्वस्थताको लागि ब्याडमिन्टन प्रतियोगिता आवश्यक छ ।  सैबु ब्याडमिन्टन सर्कलले  छोटो समयमा  चारववटा वडा समेटेर प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

 कार्यक्रममा ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ, उपाध्यक्ष पूर्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, सिटिजन बैक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले  भव्य रुपमा  प्रतियोगिता समपन्न गरेकोमा शुभकामना दिएका थिए ।कार्यक्रममा सर्कलका जेष्ठ सदस्य गोपालराम पौडेललेले स्वागत गरेका थिए ।

 ब्याडमिन्टन सर्कलका खेल संयोजक एवं सर्कलका प्रमुख सल्लाहकार मिलन थापाले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै त्यसको लागि सर्कलले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । सर्कलका अध्यक्ष शंकर थापामगरले प्रतियोगिता संचालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी वर्ष थप प्रभावकारी रुपमा  आयोजना गर्ने बचन दिए । सचिव धिरज कुँवरले ७ दिनसम्म निरन्तर सहयोग गर्ने सबै खेलाडी, रेफ्री लगायतलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्