परीक्षितको मनको रहर मनमनैमा

0
Shares

कवि तथा गीतकार प्रेम राई परीक्षितको मनको रहर मनमनैमा बोलको गीत लोकार्पण समारोह सम्पन्न भएको छ।

अजय अधिकारी (सुशील) को संगीत र भिडियोग्राफी रहेको गीतमा स्वर अनर्व वन, अभय अधिकारी, स्वेता तामाङ र दोर्जे शेर्पाको छ। कार्यक्रममा समीक्षक तथा छन्द कवि उत्तम भेटुवालले गीत मिठासपूर्ण सुन्दर र सरल रहेको बताए। संगीतकार तथा संगीतकार संघका पूर्व अध्यक्ष शान्तिराम राईले विश्वमा भएका सबै आन्दोलन तथा यूद्ध संगीतकै कारण सफल चर्चा गर्दै सार्वजनिक गीतको शब्द, संगीत सबै उत्कृष्ट रहेको बताए।

प्रमूख अतिथि राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) ले गीत–संगीतले सुतेकालाई उठाउने र उठेकाहरूलाई थप ऊर्जावान् बनाउने चर्चा गरे। गीतकार प्रेम राई परीक्षितले मनको रहर मनमनैमा विशेष परिस्थितिमा जन्मिएको बताए। लोकार्पित गीतको भिडियो आइसक्रिम युट्युब च्यानलमार्फत हेर्न सकिने संगीतकार अजय अधिकारी (सुशील) ले जानकारी गराए।