बस दुर्घटना हुँदा १४ जनाको मृत्यु



एजेन्सी ।

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको हो।  दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन्।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र ज्यान गुमाउनेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्