राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित 



काठमाडौँ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्मानित भएको छ। राष्ट्रिय अपाङ्ग कोषले  आइतबार कम्पनीलाई सम्मान गरेको हो।

उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं  शहरी विकास मन्त्री सिता गुरुङले  हस्तान्तरण गरेकी हुन्।

गत बैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्गकोषलार्ई  ५लाख रकम सहयोग गरेको थियो । कम्पनीले  राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी  वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा पु¥याउने उद्देश्यले राष्ट्रिय अपाङ्गकोषलार्ई  उक्त रकम सहयोग गरेको बताएको छ।

राष्ट्रिय अपाङ्गकोषले वार्षिक  १५०० अपाङ्गता भएकाहरुका लागि आवश्यक सहयोग सामाग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले  रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । साथै कम्पनीले   सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्