गोलकिपर अन्जनाले गरिन् विवाह



काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगर विवाह बन्धनमा बाधिएकी छन्  ।

अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह बन्धनमा बाधिएकी हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूबीच धुलिखेलमा विवाह भएको हो।

उनी  राष्ट्रिय टिमकी ‘कान्छी फुटबलर’को नामले चर्चित बनेकी अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन्। अन्जनाले २०२१ को डिसेम्बरमा नेपाली यू -१९ टिमको कप्तानी समेत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्