भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु



एजेन्सी ।

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ। भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो।

पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट रहेका छन्। पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना भएको थियो।

विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्