आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६९ रुपैयाँ नाघ्यो



काठमाडौँ । 

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजिनक गरेको छ ।

 जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

 राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३६ पैसामा कारोबारको अनुमति दिएको छ ।

 बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ९० पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसा कायम हुदाँ राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७३ पैसा तथा बिक्री दर ८९ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर ९८ रुपैयाँ ५० पैसा तथा बिक्री दर ९८ रुपैयाँ ९५ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

 जापानी येन १० को खरिददर ९ रुपैयाँ ०६ पैसा तथा बिक्री दर ९ रुपैयाँ १० पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रुपैयाँ ६२ पैसा तथा बिक्री दर १८ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

 साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४५ पैसा तथा बिक्री दर ३५ रुपैयाँ ६१ पैसा, युएइ दिराम १ को खरिददर ३६ रुपैयाँ २० पैसा तथा बिक्री दर ३६ रुपैयाँ ३७ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्