सैबुमा ब्याडमिन्टन प्रतियोगिता शुरु



ललितपुर  । 

सैबु भलिबल क्लबद्धारा आयोजित दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।

नकआउट आधारमा खेलाईने सो प्रतियोगितामा २४ टीम सहभागि छन् । प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिका–१८का वडा अध्यक्ष दामोदर खड्काले ब्याडमिन्टन प्रतियोगिताले शारिरिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

भन्नुभयो–यस वडामा टोल पिच्छे ब्याडमिन्टन क्लब स्थापना भइ सो खेलको विकास भएको छ । त्यसले यस वडामा ब्याडमिन्टन खेलाडी र खेलप्रेमीको सख्या बढुदै गएको छ ।

क्लबका अध्यक्ष शंकर मगरले चारवर्ष अघि स्थापना भएको ब्याडमिन्टन सर्कलले हरेक वर्ष आन्तरिक र खुला प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिनुभयो । उहाले प्रतियोगिता आयोजन ागर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा राख्नुभएको थियो ।

प्रतियोगिता यही २३ गतेसम्म सम्पन्न हुनेछ । प्रतियोतिामा विजयी टीमले २५, २० र १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्