चरिकोटमा लायन्सको दोस्रो क्याबिनेट बैठक



दोलखा। 

लायन्स इन्टरनेसनल क्लबको डिस्ट्रिक ३२५ डि को दोस्रो क्याबिनेट बैठक सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । बैठकमा डिस्ट्रिक ३२५ डि अन्तर्गतका ७७ वटा क्लबका सदस्यहरुको सहभागिता रहेको लायन्स क्लब अफ काठमाडौँ गौरीशङ्करका अध्यक्ष रवीन्द्र नारायण श्रेष्ठले बताए ।

लायन्स इन्टरनेसनल क्लबको डिस्ट्रिक ३२५ डि अन्तर्गतका क्लबहरुले गरेका कामको समीक्षा तथा आगामी कार्ययोजनाको विषयमा छलफल गर्न आयोजना गरिएको बैठकको उद्घाटन भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले गरेका थिए ।

उद्घाटनको अवसरमा नगरप्रमुख मानन्धरले लायन्स जस्तो अन्तर्राष्ट्रिय क्लबको बैठक दोलखा सदरमुकाममा आयोजना हुनुले जिल्लाको पर्यटन प्रवद्धनमा महत्वपूर्ण टेवा पुग्नसक्ने बताए । उद्घाटन कार्यक्रममा अध्यक्षता लायन्स डिस्ट्रिक गभर्नर रमेश कुमार लामाले गर्नु भएको थियो ।

लायन्स क्लब अफ काठमाडौँ गौरीशङ्करका अध्यक्ष रवीन्द्र नारायण श्रेष्ठले दोलखा सुन्दर पर्यटकीय जिल्ला भएकोले डिस्ट्रिक ३२५ डि अन्तर्गतका ७७ वटा क्लबको बैठक राखिएको उल्लेख गर्दै  यो बैठकले दोलखाको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा आफूहरूको रहेको बताए ।

लायन्स क्लब अफ दोलाखका अध्यक्ष शाक्यले लायन्स क्लबले दोलखामा लामोसमय देखि तिलगङ्गा आँखा अस्पतालसंगको सहकार्यमा आँखा अस्पताल सञ्चालन गरिरहेको उल्लेख गर्दै  जिल्लामा हुने दैवी विपत्तिमा समेत लायन्स क्लबले सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्