सुन तस्करलाई पालेर सरकार ढाल्ने अन्तर्राष्ट्रिय एयरपोर्ट

0
Shares

ठीक समयमा थाई एयरवेजको टी.जी. ३१९ एयरपोर्टमा उत्रियो। यात्रुहरू विमानबाट ओर्लिएर टर्मिनल भवनतिरलागे। उता आगमन कक्षतिरका मानिसहरू सल्बलाएर यताउता गर्नथाले । यसैबीच, त्यहाँ कार्यरत एकजना कर्मचारी आगमनकक्षको शौचालयमा पस्यो ।

त्यहाँ पुगेर उसले रातो रङको पकेट रुमाल झिकेर देखिने गरी घाँटीमा राख्यो । टी.जी. ३१९ को उडानबाट आएको एकजना यात्रु सीधा भन्सारको बाटो नलागी त्यही शौचालयतिर लाग्यो। उसले त्यहाँ पुगेर मुखमा चुरोट च्याप्यो र उपस्थित व्यक्तिसँग सलाई माग्यो । त्यसको बदला उसले हात मिलायो । त्यसपछि यात्रुले आफ्नो झोलाभित्र भएको सुनको थैलो उसलाई जिम्मा लगाएर फटाफट ग्रिन च्यानलको बाटोतिर लाग्यो । सुनका बिस्कुट जीउमा दबाएर त्यो कर्मचारी आफ्नो ड्युटीमा लाग्यो । त्यसको केही समयपछि ऊ त्यहाँबाट गायब भयो । तोकिएको ठाउँमा पुगेर उसले सुनका बिस्कुट जिम्मा लगायो र आफूले पाउने रकम लिएर फक्र्याे ।

आयातित सुन बोकेर व्यापारी बागबजारको एउटा होटलमा छिन्यो । कानपुरबाट आएका भारतीय सुन तस्कर त्यस होटलमा बसेर आफ्ना मलद्वारमा छिपाएर ल्याएका डलर थुत्ने काममा व्यस्त थिए । त्यसपछि त्यहाँ डलर र सुनको लेनदेन भयो।भारतीय व्यापारी भोलिपल्टै शरीरमा सुन लुकाएर गन्तव्यतिर लागे । नेपालमा दैनिक हुने सुन तस्करीका विभिन्न किसिमका घटनामध्ये एउटा तरिका यो पनि हो। यस्तै अरू विभिन्न किसिमका तरिका अपनाएर दैनिक सयौं किलो सुन नेपाल भित्रिन्छ र त्यसपछि भारततिर तस्करी गरिन्छ। सुन तस्करीमा संलग्नएकजना व्यापारीको कथन हो यो। उनका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको बाटोबाट मात्र दैनिक करिब १ सय ५० किलो सुन नेपाल भित्रिन्छ। भन्सार नतिरी एयरपोर्टबाट आउने सुनको मात्रा त्योभन्दा अझ बढी छ ।

तर, त्यसो भए तापनि नेपालमा दैनिक करिब दश किलो मात्र सुनको माग छ । त्यति हुँदाहुँदै पनि दैनिक सयौं किलो सुन किन नेपाल भित्रिरहेको छ त? विमानस्थलजस्तो सुव्यवस्थित ठाउँबाट कसरी यत्रो सुन तस्करी हुनसक्छ ? यी प्रसंग अझ चाखलाग्दा छन्। अब नेपालका निमित्त सुन गहनाको वस्तु र व्यापारिक कारोबारको वस्तु मात्र रहेन । यो अहिले सरकार गिराउने र बनाउने एउटा राजनीतिक अस्त्रसमेत बनेको छ। अझ आश्चर्यलाग्दो कुरा त के छ भने बहुदल स्थापनापछिका सरकार बनाउने र गिराउने काममा त्रिभुवन विमानस्थलबाट तस्करी हुने सुनले महत्वपूर्ण भूमिका खेलेको छ। यो भनाइ सुन तस्करहरूको नै हो । उनकै अनुसार जनताको भोटभन्दा एयरपोर्टमा तस्करी भएर आउने सुन नेपाली राजनीतिमा सशक्त भएको छ। यसरी सुन तस्करहरू देशको राजनीतिमा हावी भएको देशको बागडोर सम्हालेका राजनीतिज्ञहरू तिनै सुन तस्करहरूसँग मिलेर देशलाई टाट पल्टाएर छोड्ने षड्यन्त्रमा लागेकाले केही महिनाअघि यस कार्यलाई रोक्न दरबारले सैनिक प्रयोगको तयारीसमेत गरेको थियो ।

यस सम्बन्धमा तिनै सुन आयातकर्ता व्यापारीले दिएको जानकारी र एयरपोर्टमा हुने अन्य विसंगतिका सम्बन्धमा त्यहीं कार्यरत गुप्तचर सेवा वा सुरक्षा सेवासँग सम्बन्धित व्यक्तिहरूले दिएको जानकारीअनुसार तयार गरिएको विस्तृत विवरण यस्तो छ ।

ऐतिहासिक सुन तस्करी काण्ड
सुनतस्करीको काममा संलग्न व्यापारीका अनुसार सरकार गिराउने र बनाउने खेलमा एयरपोर्टका सुन तस्करहरूलाई सामूहिक रूपमा संलग्न गराउने काम सर्वप्रथम वामदेव गौतम र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा भएको थियो। तत्कालीन शेरबहादुर देउवाको सरकार ढाली चन्दको नेतृत्वमा एमाले समर्थित सरकार बनाउनका निमित्त सुन तस्करहरू र वामदेव गौतमका बीच एउटा राष्ट्रघाती सम्झौता भएको थियो।

त्यस सम्झौताअनुसार शेरबहादुरको सरकार ढाली चन्दको नेतृत्वमा सरकार बनाउनका लागि सांसदहरू किन्न आवश्यक पर्ने रकम सुन व्यापारीले दिने, सरकार बनेपछि व्यापारीले सुन ल्याउन विदेश लाने डलर र भारुमा कुनै रोकटोक नगरिने, उनीहरूले सुन ल्याउँदा भन्सार नतिरी एयरपोर्ट कटाउन सहयोग गर्ने सहमति भएको थियो। व्यापारीहरूले ल्याउने सुनमा भन्सारनतिरेपछि सुन तस्करहरूलाई हुने फाइदाबाट मासिक डेढ करोड रुपियाँ सरकारमा बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी र एमालेलाई बुझाउने सहमति पनि भयो। यो सहमति गराउन सुन व्यापारीका तर्फबाट दोजेन्द्र गौचन र पार्टीहरूका तर्फबाट वामदेव गौतमले पटकपटक वार्ता गरेका थिए ।

भन्सार महसुल नतिरी सुन आयात गर्ने अवसर प्राप्त गर्ने सुन व्यापारीहरूमा दोजेन्द्र गौचन, राजेश सर्राफ, नकिमुद्धिन शाह, प्रकाश टिबडेवाला र आनन्द अग्रवालसमेत थिए। सुनको व्यापारमा यो समूह पहिलेदेखि नै सक्रियचाहिँ थिएन । तर, चन्दको सरकार बनेपछि यिनीहरूले सरकारसँग मिलेर भन्सार नतिरी सुन आयात गर्न थालेपछि पहिलेदेखि नै भन्सार कर्मचारी तथा सुरक्षाकर्मीसँग मिली भन्सार छलेर सुन ल्याउने व्यापारी समूहलाई अप्ठ्यारो पयो । त्यसपछि यो समूहले अर्को पक्ष र सत्तामा रहने पार्टीहरूसँग यो कुरा उठाई आफूहरूले पनि यो सुविधापाउनुपर्ने नत्र यो कुरा सार्वजनिक हुने चेतावनी दिए। त्यसपछि यी तीनै पक्षहरूबीच अर्को सम्झौता भयो।

यस सम्झौताअनुसार यी व्यापारीहरूले सत्तामा बस्ने पार्टीलाई प्रत्येक महिना साहे दुई करोड रुपियाँ बुझाउनुपर्ने भयो। यसरी पैसा बुझाएवापत उनीहरूले सकेजति परिमाणमा सुन ल्याउन पाउने र त्यसका लागि एयरपोर्टमा भन्सार नतिरी सुरक्षा प्रहरीले नै उनीहरूलाई आवतजावत गर्न सुविधा पुयाउने व्यवस्था मिलाइयो । यो नयाँ सहमति गरी थपिने अरू सुन व्यापारीहरूमा छविलाल भुसाल, गोविन्द सरिया, दीपक मलहोत्रा, ताहिर शाहलगायत पाँच जनाको समूह थियो। यो सहमति गरी सुन तस्करहरूलाई सघाउने सत्तासिनहरूमा अर्थमन्त्री रवीन्द्रनाथ शर्मा र गृहमन्त्री वामदेव गौतम थिए ।

विमानस्थल भन्सार कार्यालयले मासिक रूपमा उठाउने लक्ष्य राखेको न्यूनतम भन्सार महसुल उठाउन पनि सहयोग पु¥याउने सहमति भएकोमा यो सहमति कायम हुन सकेन। १ सय किलो सुन ल्याउने व्यापारीले ५० किलो भन्सार तिर्ने र ५० किलो भन्सार नतिरी अर्कै बाटोबाट कटाउने सहमति भएकोमा सुन व्यापारीहरूले त्यसो नगरी १ सय किलो सुन ल्याउँदा १० किलोको मात्र भन्सार तिरी ९० किलो सीधै पास गराउन थाले।

देशको मुख्य राजस्वको स्रोतका रूपमा रहेको विमानस्थल भन्सारमा राजस्व उठाउन सघाउ पु¥याउन खटाइएका भन्सार कर्मचारी, सुरक्षा प्रहरी तथा करमुक्त पसल (ड्यूटी फ्री शप)का कर्मचारीहरू सुन व्यापारीलाई भन्सार छलेर सुन तस्करी गर्न सघाउने कार्यमा खटाइए।यसवापत सुन व्यापारीहरूले राजस्व, सुरक्षा र अन्य निकायका प्रमुखहरूलाई पनि एकमुष्ठ रकम उपलब्ध गराउन थाले। यसरीव्यापारी, कर्मचारी र सत्ताधारी पार्टीको मिलेमतोमा राजस्व छलेर एयरपोर्टबाट सुन भित्र्याई भारततिर तस्करी हुनथाल्यो।यसैबीच, चन्द्रको नेतृत्वमा रहेको राप्रपा–एमाले सरकार ढाली सूर्यबहादुर थापाको नेतृत्वमा राप्रपा–कांग्रेस गठबन्धन सरकार बनाउने षड्यन्त्र शुरुभयो। यससम्बन्धमा सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइरालाका बीच सहमति भई गृहकार्य शुरु भयो । यो कुरा थाहा पाएपछि सुन व्यापारीहरू राप्रपा–कांग्रेस गठबन्धनतिर आकर्षित भए।

चन्द सरकारलाई ढाली नयाँ सरकार बनाउन बिकाउ सांसदहरू किन्नका निमित्त गिरिजा–थापालाई ठूलो रकमको आवश्यकता परिरहेको थियो। अर्कोतिर त्यसका लागि सहयोग गर्न व्यापारीहरू हातमा पैसा लिएर घुमिरहेका थिए । त्यसपछि सुन व्यापारीका तर्फबाट दोजेन्द्र गौचन र राजनीतिक पार्टीका तर्फबाट खुमबहादुर खड्काले पटक–पटक वार्ता गरे। यसपछि भएको सहमतिअनुसार सरकार बनाउन आवश्यक पर्ने रकममध्ये रू. ५ करोड व्यापारीहरूले गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाको समूहलाई जिम्मा लगाए । त्यसका साथै भगौडा सांसदहरू जोतेन्द्रमोहन चौधरी, खोभारी राय र मिर्जा दिलसाद वेगलाई जम्मा गर्ने जिम्मा पनि सुन व्यापारीहरूले नै लिए।

व्यापारीहरूले एमाले नेतासमेत रहेका गृहमन्त्री वामदेव गौतम र प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहयोगमा सुन तस्करी गरेर कमाएको रकमको केही अंश उनीहरूकै सरकार ढाल्न उपयोग गरिदिए। अझ थप ब्रह्मलुटका लागि व्यापारीहरूले यो लगानी गरेका थिए।सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनेपछि बुद्धिमान तामाङ गृह र रवीन्द्रनाथ शर्मा अर्थमन्त्री बने। त्यसपछि आफ्नै संसदीयदलका नेतालाई हटाएर प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको प्रत्यक्ष निर्देशनमा भन्सार नतिरी अर्बौं रुपियाँको सुन भित्रिने काम शुरु भयो । यस कार्यलाई रोकी देशलाई टाट पल्टिनबाट जोगाउन दरबारले सैनिक हस्तक्षेपको तयारीसमेत गर्नुपरेको थियो ।सुन तस्करहरूलाई एयरपोर्ट भन्सार ठेक्काका रूपमा दिने सम्बन्धमा सुन व्यापारीहरू र सत्तापक्षबीच भएको त्योसम्झौता नेपालमा सुन तस्करीको इतिहासमा भएको सम्भवतः सबैभन्दा ठूलो सम्झौता थियो । यस सम्झौताअनुसार सुन व्यापारीहरूले सत्तामा बस्ने पार्टीलाई मासिक रू. १५ करोड बुझाउनुपर्ने भयो । त्यसअनुसारको पहिलो महिनाको रू. १५ करोड व्यापारीहरूले बुझाए। तर, सरकारी राजस्व भने लक्ष्यको ४–५ प्रतिशतमा झ¥यो। व्यापारीहरू खुलारूपमा सुटकेसमा सुन बोकेर आउनथाले।

कसैले जाँच गरेन। प्रधानमन्त्रीको निर्देशनमा गृह र अर्थमन्त्रीले खटाएका कर्मचारीले सुन व्यापारीलाई एयरपोर्ट कटाउन सघाउन थाले। त्यसवापत व्यापारीहरूले रू. २५ लाखदेखि ३० लाखसम्म कर्मचारीहरूलाई बाँड्ने गरेका थिए।एयरपोर्टमा कार्यरत कर्मचारीलाई डलर र भारू बोकेर आउने व्यक्तिको हुलिया बताइएको हुन्थ्यो। त्यो हुलिया वा संकेत भाषाबोलेपछि एयरपोर्टमा कार्यरत सुरक्षाकर्मीले उनीहरूलाई जहाजसम्म पु¥याइदिन्थे । त्यस्तैगरी, आउँदा पनि सुनको ब्रिफकेस बोकेर तोकिएको हुलियामा आएको व्यापारीलाई सुरक्षाकर्मीले गाइड गर्दै भन्सार कटाइदिन थाले। यी व्यापारीहरू आवतजवात गर्दा त्यहाँ कार्यरत अन्य कर्मचारी उनीहरूको सामानको निरीक्षण गर्नुको साटो परैबाट हुलिया चिनेर नमस्कार ठोक्थे।

एयरपोर्टमा जहाजको भीडभाड

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले विमान सेवाहरूको संख्या बढ्दै गएकाले साँघुरो महसुस हुँदै गएको छ। हवाईसेवामा पनि ट्राफिक समस्या बढ्दै गएको छ।

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ अहिले ७ वटासम्म जहाज राख्ने क्षमता छ। तर, नियमित उडान गर्ने विमानहरूको संख्या बढ्दै गएकोले र बेला बेलामा चार्टर विमानहरू पनि आउने भएकाले खासगरी बिहान ११ः३० बजेदेखि २ः३० बजेसम्म विमानस्थलमा भीड लाग्ने गरेको छ। एयरपोर्टमा हुने जहाजको भीडले गर्दा अवतरणका लागि आएको जहाज आकाशमा केही समय घुमिरहनुपर्ने र उडान ढिला गर्नुपर्ने हुँदा यात्रुले दुःख पाउने र वायुसेवाको समेत खर्च बढ्न गएको छ।

यो भीडभाडको समस्यालाई कम गर्न हाल उडान समयमा थप गरी राति १२ः३० बजेसम्म उडान अवतरण गर्न सकिने व्यवस्था मिलाइसकेको कुरानागरिक उड्डयनका अधिकृत सुरेश आचार्य बताउनुहुन्छ। उहाँका अनुसार उडान अवतरण समय पहिले सूर्योदयदेखि सूर्यास्तसम्म मात्र थियो।यसरी समय विस्तार गर्दा दिउँसोको लोड बाँडिने हुन्छ, तर यही अनुपातमा अन्य सेवाका कर्मचारी वृद्धि नगरिएमा अन्य थप समस्या बढ्ने देखिएको छ।

त्यस्तैगरी, आन्तरिक उडानतर्फ पनि अहिले पार्किङ समस्या बढेको कुरा अधिकृत सुरेश आचार्य बताउनुहुन्छ। उहाँका अनुसार अहिले बढिरहेका निजी विमान कम्पनीहरूलाई उडान सेवाका लागि अनुमति पत्र दिँदा नै काठमाडौं बाहिरका (पोखरा, लुक्ला, फाप्लु, विमानस्थलमा राति पार्किङ गर्ने र बिहान भैरहवा, नेपालगञ्ज, विराटनगर, सुर्खेत) त्यहींबाट उडान शुरु गर्ने शर्त राखिएकोमा त्यो शर्त १० प्रतिशत कम्पनीहरूले पनि पालना गरेका छैनन्।त्रिभुवन विमानस्थलमा पार्किङका कारण भीडभाड बढेकाले जहाजहरू आपसमा जुध्ने, ट्राफिक जाम हुने, ट्रलीसँग ठोकिने समस्या बढेका छन्। यसरी एयरपोर्टमाभइरहने भीडभाडले प्रायः विमानहरूको उडान र अवतरणको समस्या बढेको छ। काठमाडौं उपत्यकामा प्रवेश गर्नासाथ अवतरण गर्न नसकी घुमिरहनुपर्ने समस्या बढेको छ। ठीक समयमा उड्न नसक्ने भई यात्रुहरूले दुःख पाउने, इन्धन खर्च हुने र सुरक्षासम्बन्धी थप खतरा पनि बढेको छ। आन्तरिक विमानस्थलतर्फ बिग्रेर बसेका कयौं हवाईजहाज तथा हेलिकोप्टरहरू राख्ने ठाउँ नभई घाँसे मैदानतर्फ लगेर राखिएका छन्।

आन्तरिक विमानस्थलतर्फ १५ वटा विमानका लागि मात्र क्षमता छ, तर त्यहाँ लगभग ३५ वटा विमानहरू कार्यरत छन्।त्यसका साथै केही विमानसेवाहरूले तुरुन्तै उडानसेवा शुरू गर्दैछन्। यसो हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझ बढी समस्या बढ्ने देखिएको छ।विमानस्थलको टर्मिनल भवनतर्फ पनि मानिसहरूको ठूलो भीडभाड देखिन्छ। त्यसको सुधारका लागि केही नयाँ भवनहरू पनि बन्दैछन्। तर, विमानस्थलको पार्किङ धावनमार्गतर्फ कुनै सुधार भएको देखिँदैन र त्यसका लागि विस्तार गर्ने ठाउँ पनि नभएकाले राजधानीबाहिर अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेतर्फ कारबाही गर्नुपर्ने देखिन्छ ।यसरी एयरपोर्ट भन्सारमा ज्वाइँ बनेर सुन बोक्ने व्यापारीहरूमा आई.एल. प्रधान, अनिल जारिया, हरि न्यौपाने, जम्बु शाह, टेकबहादुर गुरुङ, शंकर गोल्याङ र दोजेन्द्र गौचनलगायत ८ जना थिए।यी व्यापारीहरूले लगातार १६ दिनसम्म यसै प्रकारले काम गरे। यस अवधिमा करिब ५ टन सुन भन्सार नतिरी नेपाल भित्रियो ।

यसरी पञ्चायतकालमा व्यवस्था जोगाउनका लागिसमेत प्रयोग नगरिएको फर्मुला उपयोग गरी एयरपोर्टबाट खुलारूपमा विदेशी मुद्रा निकासी गर्ने र भन्सार नतिरी ल्याएर भारततिर निकासी गरी देशलाई टाट सुन पल्टाउने काम प्रधानमन्त्रीकै निर्देशनमा भइरहेछ भन्ने कुरा दरबारमा समेत पुग्यो। १–२ दिन मात्र नभई लगातार यो कार्य भइरहेपछि दरबारले सैनिक लगाई हस्तक्षेप गर्ने योजना बनायो ।१७औं दिनको बिहानैदेखि हतियारसहितका सैनिकहरू सादा पोशाकमा एयरपोर्ट वरिपरि तैनाथ भए। सैनिकहरूकोएउटा ठूलै जत्था एयरपोर्टको आगमन तथा प्रस्थान कक्षको अगाडि खटियो ।

पञ्चायतकालदेखि नै दरबारको विरोधमा उत्रिएका सूर्यबहादुर थापालाई यो सुन तस्करी काण्डमा नङ्ग्याएर दरबारसँग निहु खोज्दा पाउने स्वाद चखाउने ठूलो अवसर दरबारलाई मिलिसकेको थियो । तर रक्षामन्त्रीसमेत रहेका सूर्यबहादुर थापाले यस कुराको सुइँको अन्तिम अवस्थामा प्राप्त गरे । त्यसपछि प्रधानमन्त्री थापाले तत्कालै प्रहरी प्रमुख अच्युतकृष्ण खरेल र तत्कालीन एयरपोर्ट भन्सार प्रमुख जनार्दन शर्मालाई बोलाएर आजबाट यो काम बन्द गर भनेर आदेश दिए। तर दुबई, हङकङ, बैंकक पुगेका नेपाली सुन व्यापारीहरूले सुन किनेर भारी कसिसकेका थिए। त्यसो भए तापनि त्यस दिन सुन बोकेर काठमाडौं आउने व्यापारीहरूले भन्सार तिरेरै सुन ल्याए।

तस्करहरूले त्यस दिन भन्सार तिरेरै सुन बाहिर लिएर आएकोथाहा पाएपछि बाहिर खटिएका सैनिकहरू आफ्नो भूमिका निष्क्रिय बनाएर फर्किए। त्यसपछि सूर्यबहादुरको कार्यकालमा यस किसिमको ’माथिको लाइन’ रोकियो। तर, १५ करोड रुपियाँ बुझाउने व्यापारीहरूले आफ्नो लगानी उठाई नसकेकाले छट्पटिए। त्यसपछि तिनै सुन व्यापारीहरूको सहयोगमा सूर्यबहादुरको सरकार ढाल्न रणनीति तयार हुनथाल्यो । यसैबेला, थापाले त्यो थाहा पाई मध्यावधिको लागि सिफारिश गरे तर असफल भएपछि मालेको सहयोगमा गिरिजाप्रसादको नेतृत्वमा अर्को सरकार बन्यो। त्यसपछि माले सत्ताबाट बाहिर आएको घोषणा हुनासाथ तिनै सुन व्यापारीको सहयोगमा शेरबहादुरको नेतृत्वमा अर्को सरकार बनाउन वामदेव र खुमबहादुर खड्का कस्सिएर लागे तर असफल भयो ।

त्यसपछि सुन व्यापारीहरू र सत्तासिनहरूको संगठित गठबन्धनमा सुन तस्करी गर्ने काम रोकियो। तर, एयरपोर्ट सुरक्षाकर्मी, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा भन्सार छली पुरानो सुन तस्करी परम्परा पुनः शुरु गरियो, जुन अहिले सक्रिय छ।अहिले राजनीतिक पार्टीहरूले चुनावका लागि ती व्यापारीहरूबाट सहयोग लिने क्रम शुरू भएकोले सुन तस्करीमा थप सक्रियता आउन लागेको कुरा व्यापारीहरू बताउँछन्। अहिले भारतमा सुनको भाउ बढेकाले पनि तस्करीलाई प्रोत्साहन मिलेको छ। भारतले हालै सुनको भन्सार महसुलमा ८ प्रतिशतसम्म वृद्धि गरेको छ। त्यसकारण नेपालमा भन्दा भारतमा सुन महँगो हुन गएकोले नेपालमा सुनको आयात बढेको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट उठने राजस्वको करिब आधा भाग सुनबाटै उठ्ने गरेको छ। विदेशमा १ महिनासम्म बस्ने व्यक्तिले भन्सारतिरेर १० किलोसम्म सुन ल्याउन पाउने भएकाले व्यापारीहरूले खाडी राष्ट्रमा काम गर्नेहरू तथा विद्यार्थीको पासपोर्ट प्रयोग गरी उनीहरूको सुविधाबाट सुन आयात गर्ने गरेका छन् । अहिले ठूलो मात्रामा सुन आयात गर्ने कार्यमा हेम स्वॉर, सुरेन्द्र लामा, पेम्बा लामा, सुशील खेम्का, महेन्द्र पिया लगायतका अन्य केही व्यापारीहरू रहेको बताइएको छ।

कार्गोबाट हुने तस्करी
नेपालमा आइरहेको मागभन्दा बढी परिमाणको सुन अहिले तस्करी गरी भारततिर निकासी भइरहेको छ। यसरी तस्करी गर्नका लागि भारतका खासगरी दिल्ली, कानपुर, कलकत्ता, पञ्जाव आदि क्षेत्रका व्यापारीहरू काठमाडौं आउने गर्छन्। यसरी सुन तस्करी गर्न आउने ठूला तस्करहरू भारतीय नम्बर प्लेट भएका गाडी नै लिएर आएका हुन्छन् र उनीहरूले नेपाली व्यापारीहरूसँग सुन किनी आफ्नो गाडीमा फिट गरेर लाने गर्छन्। यस्तो सुन पचासौं किलोसम्म हुने गरेको छ। साना सुन व्यापारीहरूलेचाहिँ धेरैजसो शरीरभित्रै सुन लुकाएर लाने गरेका छन्। यसरी लाँदा एक किलो सुन उनीहरूले मलद्वारमै लुकाएर लाने र त्यसका लागि आवश्यक पर्ने करिब १० हजार डलर पनि मलद्वारमै लुकाएर ल्याउने गर्छन्।

नेपालमा खासगरी दुबई, सिंगापुर, हङकङ र बैंककबाट आउने उडानमा सुन ल्याइएको हुन्छ। यसरी उडानबाट आएको सुन कुनै भन्सार तिरेर र कुनै भन्सार नतिरी पास गरिन्छ। नेपालबाट भारततिर सुन तस्करी हुने भएकाले दिल्ली, बम्बईबाट काठमाडौं आउने उडानबाटचाहिँ सामान्यतयासुन आउँदैन भन्ने विश्वास गरिन्छ। तर, पनि दिल्लीबाट काठमाडौं आउने उडानबाट आएको सुन बढी तस्करी हुने गरेको छ।

तस्करीका फर्मुला
एयरपोर्टका कर्मचारीसँग मिलेर विदेशी मुद्रा लैजाँदा वा सुन ल्याउँदा एकअर्कामा चिन्नका लागि संकेत भाषा (कोड) या हलियाको सहयोग लिइन्छ। कपडाको रङ टोपी, ब्यागको रङ टीका लगाउने, पान खाने आदि गरेर एयरपोर्ट कटाइन्छ। यसका लागि कारोवार गर्ने मुख्य व्यापारीले एयरपोर्टमा कार्यरत– निकायका प्रमुखलाई पैसा दिएर कुरा मिलाएको हुन्छ र सुन वा डलर बोक्ने मानिसले निर्देशनअनुसार काम गर्छ। त्यसका लागि विभिन्न तरिकाहरू उपयोग गरिन्छ।

यसरी नै सुन तस्करी गर्ने व्यापारीका अनुसार सुन बोकेर आउने मानिस यात्रुसँगै विमानबाट ओर्लिएर टर्मिनल भवनतिर छिर्छ र रक्सी किन्ने बहानामा ड्युटी फ्री शपतिर लाग्छ। उसले त्यहाँ तोकिएको व्यक्तिलाई सुनको पोको छोडेर जान्छ र सुन त्यहाँ लुकाइन्छ । सबै यात्रु निस्किसकेपछि वा ड्युटी फ्री सपको कर्मचारीको ड्युटी सकिएपछि उसले सुन लिएर बाहिर आई सम्बन्धित व्यक्तिलाई बुझाउँछ।

अर्को तरिकामा सुन बोकेर आएको व्यक्ति जहाजबाट ओर्लिने बेलामा जहाजको ट्वाइलेटमा पसी सुन त्यहीं लुकाउँछ। यात्रु भरिसकेपछि भन्सार तथा सुरक्षाकर्मीद्वारा जाँच त हुन्छ तर कहिलेकाही यसरी जाँच्ने मानिस नै व्यापारीसँग मिलिसकेकोले जाँचकीहरू सुन देखे पनि नदेखेजस्तो गरेर फर्किन्छन्। कहिलेकाही यिनीहरूलाई नै भरियाको रूपमा प्रयोग गरिएको हुँदा यिनीहरूले नैजीउमा सुन लुकाएर ल्याई व्यापारीलाई बुझाउँछन् । यो तरिकामा कहिलेकाहीँ जाँचकीहरूले नभेट्ने गरी लुकाइने हुँदा यस्तो अवस्थामाचाहिँ ट्वाइलेट सफा गर्न आउने पोडेले सुन बोकेर पास गर्छ।

त्यस्तै, अर्को तरिकामा सुन बोक्ने व्यक्ति जहाजबाट ओर्लेर टर्मिनल भवनको ट्वाइलेटमा पस्छ र त्यहाँ तोकिएको हुलियामा बसेको सुरक्षाकर्मी वा अरू कर्मचारीलाई सुन दिई ऊ यात्रुसँगै निस्कन्छ र सुन पछि बाहिर ल्याइन्छ। त्यस्तै, सुन तस्करी गरिने अर्को तरिका झन् चाखलाग्दो छ । जहाजलाई हप्ताको एकपटक ह्यांगरमा राखेर नियमित जांच तथा मर्मत गर्ने गरिएको हुन्छ । यसरी ह्यांगरमा जहाज लैजाने पालो परेको दिन जहाजको बढीमा सुन लुकाएर ल्याइएको हुन्छ। एयरपोर्टमा यात्रु ओर्लिएपछि त्यसलाईह्यांगरमा लगिन्छ। त्यहां पुगेपछि तोकिएका प्राविधिकले सुन निकालेर अर्कै बाटोबाट एयरपोर्ट कटाउँछन् । त्यस्तो सुन सयौं केजीको हुने गरेको छ।

सुरक्षा प्रमुख, भन्सार प्रमुख, अध्यागमन प्रमुखका गाडीमार्फत् पनि सुन बाहिर आउँछ। जहाजबाट आएका सबै लगेजहरू गाडीमा राखेर ल्याई सामान बोकेर घुम्ने स्वचालित बेल्टमा राखिन्छ। यी बेल्ट आधा भन्सारको मुख्य कक्ष (आगमन) पट्टि र आधा एयरपोर्टको खुला भागपट्टि सामान बोकेर घुमिरहन्छन्।बेल्टमा सामान घुम्दै भन्सारपट्टि आएपछि आ–आफ्नो सामान यात्रुहरूले लैजान्छन्। तर, सुन भएको सुटकेस वा ब्यागघुमिरहन्छ। त्यही मौकामा सामान घुम्दै बाहिरपट्टि पुगेको समय भन्सार वा सुरक्षा प्रमुख फलोमीका गाडी वा अन्य कुनै निकाय प्रमुखका गाडीका ड्राइभरले त्यसलाई उठाएर आफ्नो गाडीमा लुकाउँछन्। पछि बाहिर जाँदा सुन पास गरिन्छ।

यस्तै, प्रस्थानकक्षपट्टिको बेल्टमाचाहिँ ती गाडीहरूमा लुकाएर ल्याएका डलर वा भारतीय रुपियाँ भरिएका ब्यागहरू राखिन्छ। प्रस्थान गर्ने मानिसका ब्यागहरू घुम्दै बाहिर पुग्छन्। त्यही बेला त्यहाँ त्यस्ता ब्याग मिसाइन्छ। त्यस्ता ब्यागमा घरमै सुरक्षा ट्याग लगाइएको हुन्छ। त्यसपछि स्वाभाविक रूपमा गाडीले ती ब्यागहरू उठाएर जहाजमा पु¥याउँछ।त्यस्तै, अर्को तरिकामा जहाज अवतरण गरेपछि एयरपोर्टमा गुड्दै बौद्धनजिक पुगेर घुम्छ। त्यो घुम्ने बेलामा पाइलटसँग मिलेर ल्याइएको सुनको पोको जहाजका मध्ये कसैले बाहिर चउरमा फाल्छ। त्यो ठाउँ करिब एकान्तजस्तै हुन्छ र त्यहाँका सुरक्षाकर्मीहरू १–२ जना हुन्छन्। तिनैले त्यो सुन त्यहींबाट पर्खाल बाहिर बसेको व्यक्तिसम्म पुन्याइदिन्छन्।

अहिले पैसा विदेश लैजाँदा धेरैजसोले २ लाख डलरसम्म जीउमै लुकाएर लान्छन्। कसैले त मलद्वारमा राखेर पनि डलर र भारुविदेश लैजान्छन् । अहिले प्रस्थानगर्दा प्रायः शरीर जाँचिदैन। त्यसमा पनि जाँचकीसँग मिलेपछि कुरै सकियो। शरीरमा पैसा लाँदा डिटेक्टरले पनि थाहा पाउंदैन। तोकिएको हुलियामा सुरक्षा कर्मचारीसँग मिलेमतो गरी गएपछि सजिलै पास हुन्छ।

त्यस्तै, जहाज क्रु वा सुरक्षा कर्मचारीमार्फत नै पनि सजिलैसँग विदेशीमुद्रा जहाजसम्म पु¥याइन्छ। यति नगरे दैनिक लगभग डेढ सय किलोको हिसाबले नेपालमा सुन आउन पनि सक्दैन। तस्करीको बाटो आउने त त्योभन्दा बढी नै हुन्छ। जहाज क्रुले जहाजका यात्रुहरूलाई खाना पु¥याउने क्याटरिङ बक्सहरूमार्फत् विदेशी मुद्रा लैजाने वा सुन ल्याउने कार्यमा सघाउने पनि गर्छन्। त्यस्तैगरी, घरमै सेक्युरिटी ट्याग लागिएको अवस्थामा मझौला खालको ब्रिफकेस वा ब्यागमा डलर तथा भारू भरेर ट्याग लगाई एयरपोर्टमा ल्याइन्छ। ब्याग बोक्ने यात्रु ट्यागलाई छोपेर सीधै टिकट काउन्टरतिर लान्छ।

सामान्यतया, सुरक्षा जाँच गर्ने ठाउँमा गई पहिले यात्रु सुरक्षा ट्याग लगाएर काउन्टरतिर जान्छन्। तर, घरमै ट्याग लगाएर आएको व्यक्ति ट्याग छोपेर टिकट काउन्टरमा पुग्छ । त्यहाँ उभिँदा उभिदै उसले ट्याग छोपेको भाग हटाउँछ। त्यसपछि अरू यात्रुसरह आफ्नो ब्याग लगेज राख्ने बेल्टमा राख्छ। त्यसपछि जाँच नहुने भएकाले सजिलै अवैध सामान पास हुन्छ।यसका साथै एयरपोर्टभित्र यात्रु ओसार्ने साझा बसका कर्मचारीलाई पनि विदेशी मुद्रा लाने र सुन ल्याउने काममा प्रयोग गरिएका हुन्छ।यस्ता कार्यमा संलग्न व्यापारीका अनुसार हाल भन्सार र सुरक्षातर्फका माथिल्ला तहका कर्मचारीहरू कम अनुभववाला भएकाले तल्ला तहका चम्बु कर्मचारीहरूले व्यापारीहरूसँग मिलेर तस्करीको कार्यलाई बढाइरहेका छन्।

दुबई, सिंगापुर, हङकङबाट दिल्लीमा आउने जहाजमा सुन ल्याइएको हुन्छ । त्यहाँबाट जहाज परिवर्तन गरी काठमाडौं आउँदा यस्तो सुन बढी तस्करी हुने गरेको छ । यसरी सुन ल्याउँदा एयरपोर्टका एक–दुई जना व्यक्तिसँग मिलेकै भरमा सुन पास हुनसक्छ ।अर्को महत्वपूर्ण तरिकामा कार्गोबाट सुन पास गराउनु हो । सुन तस्करीबारे जानकारी दिने व्यापारी आफूले केही समयअघि कार्गो गरी ल्याइएका पाँचवटा मोटरमा करिब १ सय किलो सुन ल्याएको तर एयरपोर्टका कर्मचारीले पत्तै नपाएको बताउँदै हाँस्छन्। खासगरी, कम्प्युटर, रेफ्रिजरेटर, एयरकन्डिसन, मोटर आदि यान्त्रिक वस्तुहरूमा लुकाएर ठूलो मात्रामा सुन पास हुनेगर्छ। भन्सार गोदाममा बस्ने एक–दुई कर्मचारीसँग मिलेर वा यसबारे उनीहरूको अज्ञानताको फाइदा उठाइ ठूलो मात्रामा कार्गोबाट सुन पास हुनेगर्छ ।

यस कुरालाई तत्कालीन सांसद परी थापाको संयोजकत्वमा गठित राजस्व चुहावट छानबिन समितिको प्रतिवेदनमा पनि उल्लेख गरिएको छ। उक्त प्रतिवेदनअनुसार मिति २०५४–६–१० र ६–२१ मा ५ थान गाडी मितेरी इन्टरप्राइजेजका नाममा दुबईबाट लुफ्थाञ्जा कार्गोमार्फत् त्रिवि भन्सार कार्यालयको बाटोबाट आयात गरिएको छ र ती गाडीहरूको तौल फरक भएको पाइएको छ। पाँचवटा गाडी दुवानी गर्दा कार्गो बिलमा ग्रस तौल ११ हजार ३ सय ५ केजी र चार्जेबल तौल १२ हजार ९ सय ४३ केजी भएको उल्लेख छ, जसमा गाडीको ग्रस तौलभन्दा बढी १ हजार ६ सय ३८ केजी बढी छ । त्यो के सामान हो भन्ने कहीं कतै उल्लेख छैन। चार्जेबल तौल र ग्रस तौल प्रायः बराबर हुन्छ र फरक पर्दा पनि यति धेरै पर्दैन तर, एउटै गाडीमा ९ सय ३९ केजीसम्मा फरक पाइएको छ।

यसरी आयात गरिएका गाडीमध्ये एउटा गाडी पेशेवर सुन तस्कर नकिमुद्धिन शाहको नाममा नामसारी गरिएको छ भने अर्को एक गाडी (बा. अ. ज्ञ. ४२४) तत्कालीन गृहमन्त्री वामदेव गौतमले चढेका थिए । तीनवटा गाडी नामसारी गरी लिने जयप्रसादभट्टचनले विनाअनुमति गाडीको रङसमेत परिवर्तन गरेकाले जरिवाना पनि तिरिसकेका छन्। सामान्यतयाः व्यापारिक प्रयोजनका लागि हवाईजहाजबाट गाडीहरू ल्याइँदैन। विशेष प्रयोजनका लागि विशेष किसिमका गाडीहरू कहिलेकाहीँ हवाईजहाजबाट ल्याइने गरेको छ। तर, माथि उल्लेखित गाडीहरू पुराना भएको प्रतिवेदनमा उल्लेख छ। समितिले यी गाडीहरूमा अवैधरूपमा सामान लुकाएर ल्याइएको आशंका गरी त्यस दिन सुपरिवेक्षणमा खटिएका, सुरक्षा प्रहरीहरू प्र.ना.उ. रवि श्रेष्ठ र दुर्जकुमार राईलाई समेत छानबिन गर्नुपर्ने उल्लेख गरिएको छ ।

हवाईजहाजबाट गाडी ल्याउँदा नाफा नहुने भए तापनि जहाजबाटै ल्याउनुको रहस्य त्यसमा सयौं किलो सुन लुकाएर ल्याउन सकिने भएकोले नै हो। यी गाडीको पनि तौल सुन लुकाएर ल्याएकाले नै बढेको हो भनेर ठोकुवा गर्न सकिन्छ ।नेपालमा सुनको कारोबार गर्नेहरूमा मुख्यतः नेपाली व्यापारीहरू नै रहेका छन्। काठमाडौंका स्थानीय व्यापारी माडवारी तथा मनाङ्गेहरू बढी सक्रिय छन्।

सुनको ठूलो कारोबारमा दाउद इब्राहिमको नाम बेला– बेलामा आउने गरेको भए तापनि उनको संलग्नता नरहेको कुरा ती व्यापारीहरू बताउँछन्। त्यसको साथै हातहतियार र लागू पदार्थको कारोबार गर्नेहरूसँग सुन व्यापारी(तस्कर) हरूको सम्बन्ध नरहेको तर नेपाली पत्रपत्रिकाले यस कुरालाई गलतरूपमा उठाइरहेको उनीहरूको दाबी छ। तर, नेपालमा हुने सुन तस्करीको अधिकांश भागमाथि भारतको कुख्यात माफिया नाइके दाउद इब्राहिमको नियन्त्रण भएको कुरा हालै भारतको गृह मन्त्रालयमा पेश गरिएकोएक गोप्य रिपोर्टमा उल्लेख गरिएको बताइएको छ।

अनुसन्धान समितिले बुझाएको रिपोर्टमा नेपालबाट भारतमा सुन तस्करी गर्नमा मोहम्मद दोस्रोको गिरोह सक्रिय रहेको र सो गिरोहमा नेपाली तस्करहरू पनि संलग्न भएको बताइएको छ।नेपालमा हुने तस्करी रोक्न भारतले आग्रह गरेकोमा नेपालले सो कुरा स्वीकार नगरेको कुरा सो अनुसन्धान रिपोर्टमा उल्लेख भएको बताइएको छ। यस रिपोर्टअनुसार २०५० सालयता नेपालमा वैधरूपमै आयात हुने सुनको मात्रा पाँच गुणाले वृद्धि भएको छ। यसको तुलनामा नेपालमा सुनको माग कम भएकोले अधिकांश सुन भारततिर तस्करी हुन्छ।नेपालबाट भारततिर सुन तस्करी हुने मुख्य नाकाहरूमा भैरहवा, नेपालगञ्ज, कृष्णनगर र वीरगञ्ज भएको बताइएको छ।

नेपालमा भित्रिएका सुनमध्ये थोरैको मात्र भन्सार तिर्ने गरिन्छ। अधिकांश तस्करी नै हुन्छ। सुनको ठूलो मात्रा भीआईपी गेटबाट आउने व्यक्ति र एयरपोर्टमा कार्यरत विभिन्न निकायका कर्मचारीका सवारी साधनबाट पास हुने गर्छ र त्यसका लागि आवश्यक पर्ने विदेशी मुद्रा पनि त्यही बाटोबाट बढी तस्करी हुन्छ। भीआईपी गेट प्रयोग गर्ने सांसद, मन्त्रीहरू, अन्य उच्चपदस्थ कर्मचारी र पदाधिकारीहरू नै व्यापारीका भरिया भएर आफ्ना ब्रिफकेसमा विदेशी मुद्रा लाने र सुन ल्याउने गर्छन्। बाहिर गएका धेरै सांसदहरूले व्यापारीको २०–२५ किलो सुन बोकेर आएकै हुन्छन्। उनीहरूको सामान जाँच नहुने भएकाले यो बाटो अहिले रातो पासपोर्ट बेच्ने ’घटिया मगज का सांसदजस्ता विशिष्ट व्यक्तिहरूको तस्करीद्वार भएको छ।

सरकारी सवारी साधनबाट हुने तस्करी
त्यस्तै, एयरपोर्ट भन्सारमा तस्करी हुने अर्को महत्वपूर्ण वस्तुमा हीरा जस्ता बहुमूल्य पत्थरहरू पनि हुन्। एयरपोर्ट भन्सारमा हीराजस्ता बहुमूल्य पत्थरहरू जाँच्ने मानिस पनि नभएको र चिन्ने कर्मचारीले पनि यी बहुमूल्य पत्थरलाई जर्किन वा अन्य कम मूल्यको पत्थर भनेर पास गर्ने गरेका छन् । यी बहुमूल्य पत्थरलाई ’मेटल डिटेक्टर(शरीरमा धातु भएमा कराउने मेसिन) ले पनि पत्ता लगाउन नसक्ने भएकाले यसका व्यापारीहरू शरीरमै पनि लुकाइछिपाई हीरा आदि बहुमूल्य पत्थरहरू बोकेर भन्सार नतिरी ग्रिन च्यानलबाट आउने गर्छन्।हीराको माग नेपालमा भन्दा भारतमा बढी भएकोले बैंकक, बर्मा, हङकङबाट हवाईमार्गद्वारा नेपाल भित्र्याई स्थलमार्गबाटभारततिर तस्करी गरिन्छ।यसरी यी बहुमूल्य पत्थरहरू विमानभन्सार नै ठूलोमात्रामा आयात–निर्यात भइरहेका छन्।

तर, एयरपोर्ट भन्सार कार्यालयकी प्रमुख सावित्री राजभण्डारीसँग यसबारेमा प्रश्न गर्दा ‘खैहीरा, पत्थर आएको त मलाई थाहा छैन’भन्नुहुन्छ ।
सुन र यी पत्थरहरूजस्तै अन्य पनि लुकाएर ल्याउने लैजाने गर्नुका साथै भन्सार कर्मचारीसँग मिलेर सामानको संख्या घटाउने र कमगुणस्तरको भनीमूल्यांकन गरेर थोरै भन्सार तिरेर पास गर्नेपनि त्यत्तिकै मात्रामा भइरहको छ । यस्ता सामानमा कम्प्युटरका पार्टपुर्जा, मोबाइल फोन, घडीका पार्टपुर्जालगायत अन्य इलेक्ट्रोनिक सामान मुख्य रहेका छन्।यसरी भन्सारले कम मूल्यांकन गरेर भन्सार लिँदा १ प्रतिशत चुंगीकर लगाउन एयरपोर्टमा बसेको नगरपालिकालाई चाहिँठूलै मर्का परेको छ। कम संख्या र कमगुणस्तरको रूपमा भन्सारमा सामानकोमूल्यांकन हुँदा नगरपालिकालाई समेत घाटा भएकाले नगरपालिकाले सामान खोलेर हेर्नेगर्दा विवादसमेत उत्पन्न भएको थियो।

त्यहाँ कार्यरत एक कर्मचारी भन्छन्– “विदेशबाट आयात गरिएका सामानहरू खासगरी डेक, कम्प्युटर, घडी, टी.भी., क्यामेराजस्ता इलेक्ट्रोनिक सामानहरूमा कडाइका साथ ६५ प्रतिशतसम्म भन्सार लाग्छ । यस्ता सामानहरू बोकेर आउने व्यापारीहरू एवं भन्सार काउन्टरका कर्मचारीबीच सामानको संख्या घटाउने, गुणस्तर घटाउने र त्यसवापत व्यापारीले कर्मचारीका खल्तीमा राखिदिने रकमका सम्बन्धमा बार्गेनिङ हुन्छ। रेड च्यानलमा रहेका भन्सारका पाँचवटा काउन्टरमा तीन– तीन जनाका हिसाबले सुब्बाहरू र एक–एक जना अधिकृतलाई बुझाई सबैले बाँडेर लिन्छन्।

सामानको मूल्यांकन कम गरी व्यापारीबाट लिएको यो रकममध्ये केही विशेष प्रहरीका कर्मचारीलाई पनि छुट्याइन्छ। राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई पनि छुट्याइन्छ। राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई दैनिक पाँच सयका हिसाबले छुट्याउने गरिएकोमा सुब्बाहरूले व्यापारीसँग बढी रकम लिई उनीहरूलाई कम मात्र दिएको गुनासो गरी हाल राष्ट्रिय अनुसन्धानका कर्मचारीले व्यापारीसँग सीधै लिन थालेका छन् ।’’ एयरपोर्ट भन्सारमा कार्यरत कर्मचारीहरूले व्यापारीहरूसँग साँठगाँठ गरी उनीहरूलाई नै सघाउने प्रवृत्ति बढेकाले अरू थप एकाइहरू गठन गर्दै भन्सारमा पठाउने गरिएको छ। तर, तिनीहरू पनि त्यहाँ पुगेर व्यापारीको ’बुटी’ पाएपछि सम्मोहित भएर बस्ने गरेको बताइएको छ।
प्रहरी महानिरीक्षकको प्रत्यक्ष निगरानीमा केही समयअघि एयरपोर्टमाप्रहरी नायब निरीक्षक फाल्गुको नेतृत्वमा ४–५ जना सादा पोशाकका प्रहरीहरू त्यहाँ खटिएका छन्। तर, तिनीहरूले अहिलेसम्म कसैलाई पक्रन वा कारवाही गर्न सकेका छैनन्। अर्काथरी, सुरक्षाकर्मीहरू भन्छन् – “यो टोली विशेष अधिकारप्राप्त छ।

जहाँ पनि पुग्छ। तस्करहरूको विशेष निगरानी गर्न खटिएको यो टोली उनीहरूसँग मिलेर तस्करहरूलाई विदेशी मुद्रा लैजान र सुन ल्याउन नै सघाइरहेको छ।’’ त्यस्तै, हालै भन्सार अनुगमन टोली भनेर एस.एस.पी. ज्ञानेन्द्र महतको नेतृत्वमा अर्को टोली गठन गरिएको छ।यसले पनि वा तिनीहरूलाई सघाउने कर्मचारीलाई कारबाही गरेको कुरा बाहिर आएको छैन। यसका अतिरिक्त एयरपोर्टमा प्रहरी प्रधान कार्यालयको विशेष टोली, विशेष प्रहरी, राष्ट्रिय अनुसन्धान, लागुऔषध, आतंकवादी शाखा, सुरक्षा प्रहरी, घुमुवा आदि विभिन्न त्यहाँ कार्यरत छन् । यी समूहमा काम गर्नको लागि एयरपोर्टमा जनशक्तिको प्रयोगसमेत हुने गरेको छ ।

किनभने त्यहाँ हुने थप लाभको हिस्सेदार यिनीहरू पनि हुन्छन्। भन्सारमा चुहावट रोक्न खटिएका नयाँ–नयाँ टोली केही दिन सक्रिय बने पनि केही दिनपछि नै व्यापारीले दिने कमिसनमा बिक्न पुग्छन्। यसैले व्यापारीले धेरै कर्मचारीलाई कमिसन बाँड्नुपर्ने हुँदा चुहावट घट्नुको साटो अझ बढ्न जाने कुरा यस्तो कार्यमा संलग्न व्यापारी नै बताउँछन्। तल्ला तहका कर्मचारी सानो कुरामा छिट्टै बिक्ने भएकाले माथिल्लो तहका थोरै कर्मचारी राखेर कडा व्यवहार गर्नुपर्ने कुरा त्यहाँ कार्यरत एक कर्मचारी बताउँछन्।

हाल एयरपोर्टबाट सामान तस्करीका लागि त्यहीं कार्यरत अन्य निकायका कर्मचारीका अतिरिक्त तिनीहरूका सवारी साधनसमेत प्रयोग भइरहेको बताइएको छ। एयरपोर्टभित्र चल्ने आरएनएसीका भ्यानहरू, भन्सार प्रमुख, सुरक्षा प्रमुख, अध्यागमन प्रमुख, ’फलो मी’ लेखिएका गाडीहरू, नागरिक उड्डयनको गाडी, एम्बुलेन्स, सैनिक, प्रहरी, विशेष टोली, राष्ट्रिय अनुसन्धानजस्ता निकायका डिकी भएका मोटरसाइकल आदिमा डलर र सुन ओसार्ने धन्दा हुन्छ। यी सबै सवारी साधनहरू आन्तरिक उडानको प्रवेशद्वार र २ नं. गोदामको गेटबाट एयरपोर्टमा प्रवेश गर्छन्। यी प्रवेशद्वारहरूमा बस्ने प्रहरी कर्मचारीहरू तल्ला तहका हुने भएकाले दैनिक कार्यालय आउने माथिल्लो ओहदाका कर्मचारीको सवारी साधन जाँच गर्नुको साटो सलाम ठोकेर ढोका खोल्न विवश हुन्छन्।

विशिष्ट व्यक्तिका लागि तोकिएको बाटोबाट आवत–जावत गर्नेहरूको शरीर नजाँचे पनि बाटोमा मेटल डिटेक्टर राखिनुपर्नेहो, त्यो राखिएको छैन । ह्यान्डब्यागहरू निरीक्षण नै हुँदैनन्। त्यस्तै, लगेजहरू एक्स–रेमा हेर्ने गरिएकोमा त्यो एक्स–रे पनि त्यहाँस्थित कर्मचारी, व्यापारी र विशिष्ट व्यक्तिहरूको मिलेमतोमा महिनौंदेखि बिगारेर राखिएको छ।

त्यस्तै, प्रस्थान कक्षमा अरू यात्रुको सामान जाँचिसकेपछि खोल्न नमिल्ने गरी सेक्युरिटी बेल्ट लगाउने गरिएकोमा हाल त्यसलाई हटाई सामान्य ट्याग लगाउने गरिएको पाइयो। यी ट्यागहरू गन्तव्यमा नपुगी खोलिएमा थाहा हुने गरी लगाउनुपर्नेमा जथाभावी लगाएको पाइयो। सुरक्षा जाँच भइसकेपछि प्रस्थानकक्षमै अरू अवैध सामान त्यस्ता ब्यागहरू (लगेज)मा राख्न सजिलै सकिने भएको छ। सुरक्षा कर्मचारी र तस्करहरूको मिलेमतोमा यस्तो गरिएको कुरा त्यस कुरामा असहमत पक्ष बताउँछ। अहिले ती सुरक्षा ट्यागहरू सुरक्षा कर्मचारीमार्फत् तस्करहरूको घरमै पुग्नेगरेको पनि बताइएको छ।

अध्यागमनले ‘आतंकवादी’ सँग घुस लिन्छ
एयरपोर्टमा भइरहेका अन्य प्रवृत्तिका सम्बन्धमा त्यहाँ कार्यरत एक गुप्तचर सेवाका अधिकृत भन्छन्– “एयरपोर्टभित्रको भ्रष्टाचारको मुख्य अखडा अहिले अध्यागमन कार्यालय पनि भइरहेको छ। उनका अनुसार विदेशबाट आउने मुख्यतः पञ्जावी, तामिल, काश्मिरी, पाकिस्तानी, अफगानिस्थानी, इराकी आदि नागरिक नेपाल आउँदा एयरपोर्टमा अध्यागमनले नियमानुसार नगरी पैसा लिएर जथाभावी गर्ने गरेको छ। त्यस्तै, बहराइन, साउदी अरब, कतार, दुबई, ओमान आदि मुस्लिम देशमा जाने आउने नेपाली कामदारहरूलाई पनि पैसाका लागि अध्यागमनमा दुःख दिने गरिएको छ ।’

उनी अगाडि भन्छन्–“खालिस्थान राज्य समर्थक मानिएका केही भारतीय शिखहरूलाई भारत सरकारले आतंकवादीको सूचीमा राखेकोले उनीहरू भागेर गई युरोप तथा अमेरिकामा शरण लिई बसिरहेका छन् । आफ्नो परिवार भेटन तथा आफूले त्यहाँ कमाएको पैसा परिवारलाई पु¥याउन ती शिखहरू नेपाल आउने गर्छन् । उनीहरू युरोप, अमेरिकामा शरणार्थीका रूपमा बसेकाले भारत जान पाउँदैनन् । उनीहरू आतंकवादीको सूचीमा परेकाले भारतमा जानासाथ उनीहरूलाई पक्राउ गरिन्छ। त्यसकारण उनीहरू नेपाल आई अर्कै नाम, ठेगानामा भारतीय नागरिकको परिचयपत्र बनाई स्थलमार्ग वा हवाईमार्गबाट भारत प्रवेश गर्दछन्।

यसरी भारत जाँदा उनीहरूले आफ्नो पासपोर्ट, भिसा आदि नेपालमै लुकाएर जान्छन्। कसैलेचाहिँ आफ्ना परिवार नेपालमै बोलाएर भेटघाट गर्छन्। त्यो क्रम अहिले निकै बढिरहेको छ। उनीहरूलाई दिइएको आर टी डी (रिफ्यूजी ट्राभल डकुमेन्ट) का आधारमा उनीहरू नेपाल आउन पाउनुचाहिँ कानुनसम्मत नै हो।तर, उनीहरूलाई आतंकवादी भनी तर्साएको भरमा पैसा लिई नेपाल प्रवेश गर्न दिनु उचित होइन। कि त आउन नै रोक लगाउनुप¥यो नत्र दुःख दिनुभएन। तर, अध्यागमन र आतंकवादी शाखाले उनीहरूलाई एयरपोर्टबाटै फर्काउने धम्की दिएर पैसा खाई आउन दिइरहेको छ ।’

यसको प्रत्यक्ष प्रमाण दिँदै ती गुप्तचर अधिकृत भन्छन् “केही दिनअघि सिंगापुर एयरलाइन्सबाट आएका शिखहरू निन्डा सिंह, स्वर्ण सिंह, जीवन सिंह, गुरिन्दर सिंह र मनप्रीत सिंहलाई व्यापक केरकार गरी तर्साएर अध्यागमनका अधिकृतहरूले प्रत्येकसँग १ सय डलर लिएका थिए। यी यात्रुहरू अरूभन्दा पछि निस्केर बा. अ.ज. १३५५ नं. को ट्याक्सीमा चढेर गए। ती शिखहरूलाई इन्डिया लैजानका लागि उनीहरूको नक्कली परिचयपत्र बनाएर अघिल्लै दिन दुईजना शिखहरू काठमाडौंको पुतलीसडकस्थित एउटा होटलमा बसेका थिए ।’’

, आतंकवादीको आरोप नलागेको तर अमेरिकामै बसोबास भएको रत्नजीत सिंह सोण्डे नामक अमेरिकी पासपोर्ट बोक्ने शिख केही समयअघि दिल्लीमा परिवार भेटनका लागि गयो। त्यसपछि नेपालमा रहेकी फुपू जागिरा सिंहलाई भेट्न उडान नं. आई.सी. ३१८ बाट काठमाडौं आइपुग्यो। ऊसँग उसकी क्यान्सर रोगले ग्रस्त श्रीमती अविनाश डोली सोण्डे पनि सँगै थिइन् । अमेरिकी पासपोर्ट बोकेको कारण तिनलाई अनेक सोधपुछ गरी उनीहरू प्रत्येकसँग ५–५ सय भारतीय रुपियाँ अध्यागमनका कर्मचारीले लिए। अविनाश सोण्डेले दुःख मान्दै मनिन्– “लिगल डकुमेन्टका आधारमा आउँदापनि हामीलाई अध्यागमनले धेरै तङ ग¥यो । सबै कागजात हुँदा पनि पैसा नलिई नछोड्ने यो कहाँको नियम हो? नेपालको अध्यागमनले हामीसंँग जबरजस्ती पैसा लियो ।’’

उनले दिएको जानकारीअनुसार अवतार सिंह नामक शिख भारतीय नागरिक हुन् र उनको भारतीय पासपोर्ट नं. भ् ठछढढडड हो। उनकी छोरी गुर्मित कौरचाहिँ आतंकवादीको आरोपमा अमेरिकामा शरणार्थीका रूपमा बस्छिन्। छोरी गुर्मित कौरलाई ज्वाइँसँग भेट गराउन अवतारले अमेरिका गएर सिंगापुर एयरलाइन्सको उडान नं. ४१४ बाट छोरीलाई नेपाल ल्याएका थिए । नेपालमा आएर नक्कली परिचय पत्र बनाई भारततिर जाने योजना थियो। अवतार आएकै जहाजमा अमेरिकामा शरणार्थी जीवन बिताएका अन्य शिखहरू पनि थिए। नेपाल आइपुग्दा गुर्मित कौरलगायत अवतार सिंहसँग समेत आतंकवादी भन्दै अध्यागमनले पैसा लियो । यो समूहमा आउनेहरूमा कर्णेल सिंहले ६०, बलवीर सिंहले ४०, गुर्मित कौरले ४०, सुकुविदर सिंहले १ सय ८०, परमिन्दा सिंहले १ सय र अवतार सिंहले ४० डलर अध्यागमनका कर्मचारीलाई घुसका रूपमा तिर्नुपरेको बताएका छन् ।

त्यस्तैगरी, थाई एयरवेजको उडान नं. टी. जी. ३१९ बाट काठमाडौं आएका अमेरिकी (शरणार्थी) पासपोर्ट बोक्ने सुरेन्द्र सिंह, परमजीत सिंह कौर, सिंगापुरको पासपोर्ट बोक्ने मज्जित सिंह र ब्रिटिस पासपोर्ट बोक्ने श्रीमती रामानाथा सिंहसँग पनि अध्यागमनका कर्मचारीले ५० देखि सय डलरसम्म रकम लिएको बताएका छन्। उनीहरू बा.अ.ञ. ‘६४०२ नं. भ्यानमा बसेर ठमेलको एउटा होटलमा बस्न गएका थिए। त्यस्तै, थाई एयरवेजबाट अर्को दिन आएका होटल मायालुमा बस्ने प्रबन्ध मिलाएको बताउनेअमेरिकी पासपोर्ट बोक्ने नरेन्द्र सिंह बेदी, रनजीत सिंह, रमनवीप सिंहले पनि अध्यागमनले आफूहरूलाई अनेक कुरा सोधी पैसा लिएकोबताएका छन् ।

यस्ता आर.टी.डी. बोक्ने शिखहरूका सम्बन्धमा रिपोर्टिङ गर्ने सिलसिलामा त्रिभुवन विमानस्थलमा अन्तिमपटक फागुन ६ गते पुग्दा सिंगापुर एयरलाइन्सबाट आएका दुई शिखहरूले पनि आफूलाई अध्यागमनका कर्मचारीले धेरै दुःख दिएको बताएका छन्।सिंगापुर एयरलाइन्सबाट आएका यी शिखहरू अरू यात्रुहरू निस्किसक्दा पनि ननिस्केकाले उनीहरूलाई एक घण्टा अघिदेखि कुरिरहेका दुईजना शिखहरू छट्पटिइरहेका थिए। उनीहरूसँग कुराकानी गर्दा आफ्ना मानिसहरू आउँदै गरेको बताए। शरणार्थी शिखहरूका सम्बन्धर्मा सोधपुछ गर्नासाथ उनीहरू हाम्रो कुनै मानिस आउनेवाला छैन भनी आगमनद्वारको अगाडिबाट हटेर अन्यत्रैतिर गई प्रतीक्षा गर्न थालेका थिए।

त्यसको केही समयपछि उनीहरू आगमनकक्षबाट बाहिर आए । उनीहरूलाई कुनै समस्या प¥यो कि भनेर प्रश्न गर्दा उनीहरूले अध्यागमनले धेरै दुःख दिएको बताउँदै भने– “हामीलाई अध्यागमनले धेरै तङ ग¥यो, पैसा लियो। यस्तो देशमा कहिल्यै को गाडीमा बसेर कुनै होटलतिर लागे । आउँदैनौं।” त्यसपछि उनीहरू बा.अ.च. ४०३७ को गाडीमा बसेर कुनै होटलतिर लागे । अध्यागमनको यस किसिमको व्यवहारका सम्बन्धमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गणेश राईसँग प्रश्न गर्दा आर.टी.डी. बोक्नेहरूलाई अध्यागमनले दुःख दिई हतोत्साही गर्ने गरेको तर पैसाचाहिँ लिने नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “यस्ता कागजात बोक्नेहरू धेरै श्रीलंकाली र भारतीय छन् ।तिनीहरू आफ्नो देशको नागरिकता पनि तत्यागी शरणार्थीको रूपमा बाहिर बस्छन्। आफ्नो परिवारलाई भेट्न र आतंकवादीलाई सहयोग गर्न नेपाल आएर भारत पनि जान्छन्। अहिले शिखहरू बढी आइरहेका छन्। उनीहरूले ६० दिनसम्म नेपाल बस्ने अनुमति मागे पनि १५ दिनभन्दा बढिको स्वीकृति दिइएको छैन। यस्तै कुरामा उनीहरूसँग विवाद हुन्छ। तर, एयरपोर्टबाट १५ दिनको मात्र भिसा लिए पनि अध्यागमन विभागमा गएर समयावधि थप्ने गरेका छन्। यिनीहरू नेपाल आएर अवाञ्छित गतिविधिमानलागून् भनेर यसरी हतोत्साही गरिएको हो ।’’

उहाँका अनुसार पहिले अध्यागमनका कर्मचारीले यस्ता व्यक्तिसँग पैसा लिन्थे रे तर अहिले लिएको छैन। त्यस्तो लिने कर्मचारीलाई पाएमा कारबाही गरिनेछ। भिसा, पासपोर्ट नक्कली बनाउने, अर्कैको फोटो टाँस्नेलाई छानबिन गर्ने गरिएको छ।भारतमा४०हजार अवाञ्छित गतिविधिमा लाग्ने मानिसहरूको सूची बनाई कम्प्युटरमा राखिएको छ, तर नेपालमा सकेको त्यस्ता व्यक्तिहरूको सूची तयार हुन छैन। यहाँ आउने विदेशीहरूको अनुगमन हुन नसकेकाले समस्या बढ्नसक्ने सम्भावना छ । यसलाई व्यवस्थित गरी कम्प्युटरमा राख्ने सोचाइ भएको कुरा राईले बताउनुभयो ।

राडार र सुरक्षा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाने जडान गरिएको अत्याधुनिक राडार सेवाले चार र सुरक्षाको स्थितिलाई केही सुधार गरेको छ।एयरपोर्टबाट ६० नटिकल माइलभित्र उहेको विमानलाई नियन्त्रण गर्न बोलाउन दिशा परिवर्तन गर्न गति नियन्त्रण गर्न र अवस्थिति अवगत गराउन सकिने भएको छ।

विमानहरू कुनै बढी गतिका छन् बने कुनै कम गतिका छन्। त्यसमा पनि आन्तरिक उडानका विमानहरू बिहान लगभग एउटै समयमा हिमालय उडान गर्ने गर्छन् एउटै समयमा उड़ने भएकाले सुरक्षाको हिसाबले पनि एयरपोर्टले तिनीहरूलाई नियन्त्रण गर्ने निर्देशन दिने जरूरत पछि हिमालय उडान गर्दा यी विमानहरूलाई सुरक्षाको दृष्टिकोणले २१ हजार फीटभन्दा माथि उहन नपाउने गरिएको छ। तर, आफ्ना बाबुलाई हिमाल देखाएर बढी सन्तुष्टि दिन बढी उचाइमा साने गर्छन् । त्यसका लागि पनि राडारद्वारानियन्त्रण गर्न सकिने कुरा नागरिक उड्डयनका अधिकृतहरू बताउँछन्। तर, बुद्ध एयरसँगचाहिँ २५ हजार फिटसम्म जाने प्राविधिक क्षमता भएकाले त्यसलाई त्यहाँसम्म जान रोकतोक छैन।तोकिएको उचाइभन्दा बढी गएमा राहारमा हेरेर चालकलाई चेतावनी दिने गरिएको छ।

त्यस्तै, अवतरणका लागि विभिन्न ठाउँबाट काठमाडौं आइरहेका विमानहरू प्रायः सँगसँगै हुने गर्छन्। यी विमानहरू ६० नटिकल माइलभित्र प्रवेश गरिसकेपछि एयरपोर्टको राडारमा टेलिभिजनको स्क्रिनमैं देख्न सकिन्छ। कसैले छिटो अवतरण गर्न आवश्यकभन्दा बढी गति लिने. नजिकैबाट आउने अरू विमानभन्दापछि भए पनि अघि छु भनेर ढाँटेर छिटो ओर्लिन खोज्ने पनि गर्छन् । त्यस्तो अवस्थामा सुरक्षामा खतरा बढ्न सक्छ। तर, राडारको स्थापनाले यस्ता कुरालाई नियन्त्रण गर्न सकिने भएको बनाइन्छ।

पासपोर्ट तस्करी
खाडी राष्ट्रमा काम गर्न जाने नेपालीहरूका निमित्त भिसा बनाउन ती राष्ट्रहरूको दूतावास नेपालमा नभएकाले बंगलादेशमा पासपोर्टहरू पनि लाने गरिन्छ । यसरी पासपोर्ट लैजाँदा श्रम विभागले स्वीकृति दिएका पासपोर्टहरू मात्र लान पाइन्छ । तर, अध्यागमनका कर्मचारीको मिलेमतोमा स्वीकृति नपाएका पासपोर्टहरू बंगलादेशतिर तस्करी हुनेगरेको कुरा त्यहाँ कार्यरत एक सुरक्षा अधिकृत बताउँछन्। यसरी तस्करी गर्दा अन्य निकायसँग पनि मिलेमतो गरिएको हुन्छ । कहिलेकाहीं अध्यागमनले एक्लै खान खोजेमा सम्बन्धित व्यक्ति पक्राउ पर्छ ।

उनका अनुसार खाडी राष्ट्रमा जाने नेपालीहरू स्थल मार्गबाट दिल्ली गई त्यहाँबाट हवाईजहाजमा जाने गर्छन्। यसो गर्दा उनीहरूको पासपोर्टमा प्रस्थानको छाप दिल्ली एयरपोर्टमा लगाएको हुन्छ ।खाडी राष्ट्रबाट फर्कंदा भने काठमाडौंमा उत्रिने हुँदा आगमन छाप अध्यागमनले लगाइदिनु सामान्य हो। तर, प्रस्थान छाप दिल्लीको भएकाले दिल्लीबाटै फर्किनु भनेर तर्साई पैसा लिएर मात्र छाप लगाउने गरिएको छ । अध्यागमनको छाप नलागी भन्सारबाट सामान छुटाउन पनि पाइँदैन। यसरी आउने नेपालीहरूमा कैयौंले कमाएर आएका हुन्छन् भने कैयौं जेलमा परेर, कुटाइ खाएर, पासपोर्टसमेत गुमाएर आएका हुन्छन्।

त्यस्ता व्यक्तिलाई पनि अध्यागमनले दुःख दिने गरेको छ। उनका अनुसार खाडी राष्ट्रमा जानेहरूबाट प्रस्थानका बेला पनि श्रम डेस्कले पैसा लिई अरू निकायलाई बाँड्ने गरेको छ । पहिलाश्रम डेस्क नहुँदा म्यानपावर एजेन्सीले सीधै एयरपोर्टमा कार्यरत विभिन्न निकायका प्रमुखलाई पैसा दिने गरेकोमा अहिले श्रम डेस्कले पैसा लिएर बाँड्ने गरेको छ। यसो गर्दा स्वीकृति नपाएका नेपालीहरूलाई पनि म्यानपावर एजेन्सीहरूले विदेश पठाउने गरेको छ। जसले गर्दा उनीहरूले त्यहाँ पुगेर सम्झौताअनुरूप कुनै सुविधा नपाई दुःख पाइरहेका हुन्छन्।

तर, अध्यागमन कार्यालयका प्रमुख गणेश राई स्वीकृति नपाएका पासपोर्ट बंगलादेश लानखोज्नेलाई कारबाही गर्ने गरिएको बताउनुहुन्छ। त्यस्तै,श्रमको स्वीकृति नलिई दिल्ली, बम्बईबाट जाने नक्कली भिसा, पासपोर्ट बनाएर जानेहरू खाडी राष्ट्रमा पुगेर सम्झौताअनुसारको काम तथा सुविधा नपाई थोरै पैसामा भेडा चराएर बस्नुपर्ने भएकाले उनीहरूकै सुरक्षाका लागि कडाइ गरिएको र पैसा लिनका लागि त्यसोनगरिएको कुरा उहाँ बताउनुहुन्छ ।
“नक्कलीकागजात बोक्नेहरूलाई मात्र दुःख दिएको कुरा गर्छन्। मलेसिया, सिंगापुर कोरियाबाट फर्किनेहरू ट्राभल डकुमेन्ट मात्र लिएर फर्किन्छन् । पासपोर्ट प्रहरीले खोस्यो भन्छन्। त्यस्तालाई केही समस्या परेको हुनसक्छ। तर, दुःख दिन खोजिएको होइन । पहिले श्रम डेस्क तथा अध्यागमनले एजेन्सीसँग मिलेर पैसा लिई स्वीकृति नपाएका मान्छेलाई पनि पठाएको सुनेको थिएँ, तर अहिले यो रोकिएको छ”– राईले दाबी गर्नुभयो ।
एयरपोर्टभित्रका गुनासा
त्रिभुवन विमानस्थलमा सरकारी तथा निजी गरेर करिब ६६ वटा निकाय कार्यरत छन्। त्यसमध्ये सबैभन्दा बढी कर्मचारी सुरक्षा प्रहरी (ड्रेसवाला) करिब ३ सयको, संख्यामा छन्। अर्को एक निकायका अधिकृत भन्छन्– “सुरक्षाका लागि बसेका यिनै सुरक्षाप्रहरी एयरपोर्टका लागि बढी खतरा सावित भइरहेका छन् ।’’
उनको भनाइ छ– “तल्ला तहका सुरक्षाकर्मी धेरै भएकाले सानोतिनो लोभमा पनि फसेर तस्करहरूलाई बढी सघाउँछन्। बाहिर जाने नेपाली यात्रुहरूलाई अध्यागमनबाट पास भएर गइसकेको अवस्थामा पनि भिसा नक्कलीजस्तो छ, छानबिन गर्नुपर्छ, सक्कली नागरिकता देखा, पासपोर्टमा शंका लाग्यो. आज जान मिल्दैन आदि कुराहरू भनेर तर्साई पैसा मागेर लिने गर्छन्। विदेशमा पढ्न भनेर जाने विद्यार्थीहरूलाई अन्तिम अवस्थामा तर्साएर १ सय डलरसम्म मागेर लिने गर्छन् ।’’ उनी भन्छन् “प्रहरीहरू बदली भइरहने, अंग्रेजी भाषा नजानेका, निम्नमाध्यामिक तहको शिक्षासमेत पूरा नगरेका, एयरपोर्टसम्बन्धी तालिमसमेत प्राप्त नगरेका सुरक्षाकर्मीको संख्या ठूलो भएकोले ती व्यक्तिहरू एयरपोर्टकै निमित्त घाँडोजस्तो पो भइरहेका छन् ।’
राष्ट्रिय अनुसन्धानका कर्मचारीको मुख्य काम एयरपोर्टभित्र हुने गतिविधिहरूका कमजोर छिद्रहरू खोज्ने हो। यस्ता कमजोरीको रिपोर्ट मुख्य कार्यालयलाई बुझाइन्छ र त्यसपछि गृहमन्त्रालय पुग्छ। त्यसमा विभिन्न कामका लागि खटिएका विभिन्न किसिमका प्रहरी, भन्सार, अध्यागमन, राजस्वविरुद्धका रिपोर्टहरू पनि हुन्छन्। तर, यी सबैको प्रमुख गृहमन्त्रालय र अर्थमन्त्रालय भएकाले उसले कुनै कारबाही गर्दैन, सुझावको वास्ता नगरी रिपोर्ट थन्क्याउँछ । जब रिपोर्टको आधारमा काम हुँदैन भने किन रिपोर्ट पठाउने ? त्यसैले राष्ट्रिय अनुसन्धानको काम पनि पैसा उठाएर खाने भएको छ । त्यसरी नखाए त्यहाँ टिकेर बस्न पनि सकिँदैन’’ – राष्ट्रिय अनुसन्धानका अधिकृत भन्छन्।
एयरपोर्ट सुरक्षा शाखा प्रमुख एस.पी. छत्रमान राईसँग सुरक्षा तथा अन्य सम्बन्धित विषयमा जानकारी तथा प्रतिक्रिया लिनका निमित्त पटक–पटक सम्पर्क गर्दा उहाँ र उहाँका सहायकहरूले व्यस्त भएको बताउनुभयो ।एयरपोर्टमा कार्यरत करिब ६६ वटा निकायको संयोजकको रूपमा रहेको नागरिक उड्डयन प्राधिकरणका जनसम्पर्क अधिकृत वीरेन्द्र सिंह भन्नुहुन्छ– “एयरपोर्ट सुरक्षाका लागि नागरिक उड्डयनले बनाएका नीति नियमको कार्यान्वयन प्रहरीहरूले गर्छन्। जाँच पासदेखि लिएर निषेधित वस्तुको जाँच गर्ने, राति गस्ती लगाउने, एयरपोर्टभित्र निषेधित काम गर्न नदिने आदि थुप्रै जिम्मेवारीहरू प्रहरीका छन्। तर, तल्ला तहका धेरै संख्यामा रहेका प्रहरीलाई भाषा, तालिम आदिको समस्या छ। अलिअलि काम सिकेपछि सरुवा गरिने प्रवृत्तिले झन् अप्ठ्यारो पारेको छ ।’’
उहाँ भन्नुहुन्छ– “एयरपोर्टसम्बन्धी छुट्टै प्रहरी सेल गठन गर्ने र त्यसमा काम गर्ने प्रहरीलाई तत्कालीन हवाई विभागले तालिम दिने उच्चस्तरीय सहमति भएकोमा प्रहरीका तर्फबाट अझै त्यसमा पहल हुन सकेको छैन ।’’ नेपालको हवाईमार्गबाट भारततिर जाने नेपालीलाई पासपोर्ट नचाहिने भए तापनि भारतीय अध्यागमन कार्यालयले नेपालीको परिचयपत्र खोज्ने गरेको छ । त्यस्ता परिचयपत्र बोक्ने नेपालीलाई नेपालको अध्यागमनले अनिवार्य गर्नुपर्नेमा त्यो नगरेकाले नेपालीहरूले भारतमा दुःख पाउने गरेका छन्।
विमानस्थलको प्रस्थान कक्षबाटअध्यागमन र सुरक्षा जाँचको काम सकेर प्रतीक्षा गर्ने हलमा यात्रुबाहेक अरू कोही जान पाउँदैनन्। फर्किन पनि मिल्दैन। सञ्चारका लागि टेलिफोन राखिएकोमा टं«कल सुविधा नभएकाले कुनै कारणले जहाज ढिलो भयो भने गन्तव्यमा फोन गर्न नपाउँदा यात्रुहरूले कठिनाइको महसुस गरी ट्रंकल सुविधा राखिनुपर्ने विचार व्यक्त गरेका छन्। व्यस्तताका कारण कतिपय यात्रुले पैसा साट्न नभ्याउने भएकाले खासगरी विदेशी यात्रुका लागि यस्तो ठाउँमा पनि सटही काउन्टर राखिनुपर्ने बताइन्छ । उडानसम्बन्धी जानकारी दिन विमानस्थलले विभिन्न ठाउँमा माइकहरू राखेको भए तापनि यस्ता माइकहरू राम्रोसँग नसुनिने यात्रुहरूको गुनासो छ । त्यस्तै, प्रतीक्षा कक्षको क्षमता २ सय जनाको मात्र भएको र कहिलेकाहीँं जहाज ढिलो भएर दुईवटा जहाजका यात्री एकै ठाउँमा पर्ने हुँदा उभिने ठाउँसमेत नपुगी असुविधा हुने गरेको गुनासो छ ।
त्यस्तै, यात्रु आउँदा भन्सार काउन्टरमा रू. २० तिरेर पाइने भन्सार सूची फारामको मान्छे हेरी हजार रुपियाँसम्म लिने गरेको बताइएको छ। भन्सार महसुल तिर्दा भन्सार कर्मचारीहरूले कुनै पनि रकम फिर्ता नदिने व्यापारबाहेक अन्य उद्देश्यले बाहिरबाट गरेको र पैसा मिलाएर दिँदा पनि थप चिया खर्च भनेर मगन्ते पाराले माग्ने गरेकाले आएका यात्रुहरूलाई बढी मर्का पर्ने गरेको गुनासो यात्रुहरूको छ । त्यसमा पनि खाडी राष्ट्रमा काम गरेर आएका र लाहुरेहरूलाईभन्सार कर्मचारीले बढी दुःख दिने गरेको बताइएको छ ।यसरी आउने विदेशी यात्रुहरूचाहिँ मुद्रा सटही काउन्टरमा ठगिने गरेको बताइएको छ। त्यस्ता यात्रुहरू बाहिर डलर लिएर जान पाइँदैन भनेर त्यहीँ साट्न बाध्य पार्ने साथै डलर साट्दा ढाँटेर तुरुन्तै बोर्डको अंक परिवर्तन गरी प्रतिडलर बढाएर पनि दिने गरेको बताइएको छ ।
नेपालको गौरवको रूपमा रहेको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट त्रिभुवन विमानस्थल जसरी आधुनिकीकरण गरिंदै लगिएको छ, त्यसैगरी यसभित्र विकति र विसंगति पनि बढिरहेको छ। देशको प्रमुख आयस्रोतको रूपमा रहेको विमानस्थल भन्सार कार्यालयमा बुझाइनुपर्ने आधाभन्दा बढी भन्सार महसुलको रकम व्यापारी र कर्मचारीले मिलेर खाने प्रवृत्तिलाई अझै निरूत्साहित गर्न सकेको पाइँदैन । त्यस्तैगरी, अध्यागमन र सुरक्षा कर्मचारीका कारण हुने विकृतिहरू पनि दिनप्रतिदिन बढिरहेको महसुस हुन्छ। यस्ता कुरालाई तत्काल नियन्त्रण गर्ने प्रयासगरिनुपर्छ।विमानस्थलमा कार्यरत कर्मचारी सेवाप्रति विज्ञ नहुनु र इमान्दार नबन्नुले विकृतिलाई अझ प्रोत्साहन दिइरहेको छ। यस्ता कुरामा सुधारको अपेक्षा गरिन्छ।
अर्कोतिर, ठूला सुन तस्करहरूलाई राजनीतिक तहबाटै संरक्षण दिई सुन तस्करीलाई बढावा दिनु झन् दुःखलाग्दो कुरा भएको छ। देशका प्रमुख राजनीतिक पार्टीहरूले नै सुन तस्करहरूसँग मिलेर मुख्य भन्सार कार्यालय नै तस्करहरूलाई ठेक्कामा सुम्पी सत्ता हत्याउने दाउमा लाग्नु देशलाई विदेशीका हातमा बेच्नु बराबर हो ।देशको प्रमुख अन्तर्राष्ट्रिय द्वार, प्रमुख आयस्रोत, देशको इज्जत र गौरवका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करहरूलाई पालेर सरकार बनाउने र गिराउने अन्तर्राष्ट्रिय एयरपोर्टका रूपमा चिनिन नपुगोस्। यस्ता विकृतिलाई नियन्त्रण गर्न आगामी चुनावमा जितेर आउने सांसदहरू सफल बन्नेछन् भन्ने अपेक्षासम्म गर्न सकिन्छ ।