स्वास्थ्य क्षेत्रमा कामना प्रकाशनको भूमिका



कामना प्रकाशनको थालनीसँगै कामनामै पनि स्वास्थ्य सम्बन्धी खबर संक्षिप्त मै भएपनि समेटिँदै आएकोमा पारिवारिक खुराकका रुपमा यसको सह–प्रकाशन साधना प्रकाशन हुन थालेपछि स्वास्थ्यका खबर छापिने क्रममा बढोत्तरी भयो । त्यसो त पछि महानगर र नेपाल समाचारपत्रमा पनि स्वास्थ्य विषयले यथोचित स्थान पाउँदै आयो ।

तर कामना प्रकाशन समूहको व्यवस्थापन (मुख्यतः पुष्करलाल श्रेष्ठ) को अग्र–दूरदर्शिताका कारण साधनाले हेल्थ एण्ड ब्युटी विशेषका रुपमा निरन्तरता पाउँदै आयो । साधनाको पहिलो ईनिङमा स्वास्थ्य सम्बन्धी मिसन एवं खोजी पत्रकारिताले प्राथमिकता पाएसँगै स्वास्थ्य क्षेत्रका निकै विसङ्गती एवं स्वास्थ्य क्षेत्रका गलत नीतिनियमका कारण नेपाली जनताले खेप्नु परेका थुप्रै समस्यामा सतहमा आयो । पछिल्लो तीनवर्षदेखि भने साधनाले समय सान्दर्भिक नेपाली परिवेशका लागि उपयुक्त विषय उठान गर्दै आएको छ ।

तुलनात्मक रुपमा अन्य तीन प्रकाशन भन्दा साधना मुख्यतः स्वास्थ्य क्षेत्रकै लागि डेडिकेटेट गरेको देखिन्छ । यस अर्थमा साधनाको टिमले थिम अनुसारको न्यायोचित कदम चाल्दै आएको देखिन्छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको परिभाषामै मानिसको भौतिक, मानसिक एवं सामाजिक स्वस्थतामा जोड दिएको देखिन्छ भने साधना मासिकले पनि केवल रोगव्याधी एवं स्वास्थ्य समस्याका आधुनिक चिकित्सा (एलोप्याथिक) लाई मात्र जोड नदिई यसको शुरुवाती दिनदेखि योग चिकित्सा, आयुर्वेद, खानपान, सौन्दर्य एवं श्रृंगारलाई पनि त्यतिकै महत्व दिँदै आएको पाईन्छ ।

साधना मासिककै कारण कामना प्रकाशनका पाठकहरुले स्वास्थ्य सम्बन्धी भरपुर फाईदा पाउँदै आएको त छँदैछ भने चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्य सम्बन्धी आपूmसँग भएको जानकारी, अनुभव एवं दक्षता सेवाग्रहीहरु समक्ष पु¥याउन उपयुक्त प्लेटफर्म पाउँदै आएको छ । साधना मासिकको सम्पादन टिमको चनाखोपना एवं उत्प्रेरणाका कारण लेखक चिकित्सक एवं स्वास्थ्यकर्मीले आफ्नो लेखनीमा निखारता ल्याउन पाएका कारण दुवै तर्पm ‘विन विन’ माहोल बनेको छ ।

व्यवस्थापन पक्षलाई निकै पटक भन्दै आएको छु, कामना प्रकाशनको मन, मुटु र मस्तिष्क भनेको यसका प्रकाशनहरु कामना र साधना हुन् । त्यसैले पनि यी प्रकाशनहरुले नियमितता र निरन्तरता पाओस् नै यससँगै कामना प्रकाशनको स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदानले निरन्तरता पाओस् ।

प्रतिक्रिया दिनुहोस्