इराकमा बन्धक नेपालीको स्थिति अज्ञात

बाह्रको नाम प्राप्त, थप विवरण आउन बाँकी



दीपक रिजाल, अम्मान, जोर्डन

कामका लागि इराक पुगेका १२ जना नेपालीलाई इस्लामिक आर्मीले अपहरण गरी बन्धक बनाएका छन् । बन्धक हुनेहरूको नाम शनिबार राति अबेर पनि उनीहरूको नेपालको ठेगाना र स्थिति भने अज्ञात रहेको छ । जोर्डनको मर्निङ स्टार कम्पनीले कामको लागि लैजाँदै गर्दा इराकको सीमाभन्दा १५ किमि भित्रबाट शुक्रबार ती नेपालीहरूको अपहरण भएको थियो ।

अमेरिकी सेनालाई सहयोग गर्ने उद्देश्यले नेपालीहरू त्यहाँ पुगेकाले अपहरण गरिएको अल–जजिरा टेलिभिजनले जनाएको छ । इस्लामिक आर्मीले अपहरितहरूको तस्वीर चाँडै सार्वजनिक गर्ने, बताएको भए पनि शनिबार मध्यरातसम्म तस्वीर सार्वजनिक गरेन।

काठमाडौंस्थित मुनलाइट कन्सल्टेन्टले जोर्डनको मर्निङ स्टार कम्पनीसँग सम्झौता गरी ती नेपालीलाई दुई महिनाअघि पठाएको थियो । मुनलाइट कन्सल्टेन्टका प्रहलाद गिरीले काठमाडौंमा नेपाल समाचारपत्रसँग कुरा गर्दै मर्निङ स्टार कम्पनीसँग सम्झौता गरी कामदारहरू पठाएको स्वीकार गर्दै अपहरित कामदारहरूको जीवन रक्षाका लागि पहल गरिदिन सम्बन्धित पक्ष र सरकारसँग आग्रहसमेत गर्नुभएको छ । जोर्डनको मर्निङ स्टार कम्पनीसँग मेरो कुराकानी भइसकेको छ र अब उनीहरू सम्पूर्ण कामदार फर्काउन तयार भएका छन्, त्यसैले सबै कामदार मुक्त गरिदिन म इस्लामिक आर्मीसँग अनुरोधसमेत गर्दछु’ –उहाँले भन्नुभयो ।

कामका लागि इराक पुगेका १२ जना नेपालीलाई इराकमा विद्रोहीहरूले अपहरण गरेको समाचार प्रसारण भइरहे पनि अझै पनि नेपालीहरू इराक जान तयार भएर जोर्डनको अम्मानमा बसिरहेका छन् । जोर्डनमा अहिले पनि ५० जना जति नेपाली इराक प्रवेशका लागि प्रतीक्षारत छन् र जोर्डनको म्यानपावर कम्पनीले इराकमा काम मिलाइदिनासाथ उनीहरू त्यसतर्फ जानेछन् ।
अहिले इराक जान आउने नेपालीमा सबैभन्दा बढी पश्चिम नेपालका छन् । उनीहरू भारतबाट कुवेत, जोर्डन, साउदी अरेबिया हुँदै इराक पुग्ने गरेका छन् ।

‘गाउँबाट ऋण गरेर आइयो, अब जे भए पनि जानैप¥यो नि । अछामबाट आएका श्यामबहादुर मगरले भने । इराक जानका लागि नेपालीहरूले सरदर १ लाख एजेन्टले ३० हजार रुपियाँ जति लिने गर्दछन् । ‘रोजगारी पनि थिएन, माओवादी युद्धले साह्रै दुःख पाइयो, त्यसैले जे त होला नि भनेर आएको हुँ –मगरले भने।

इराकमा काम गर्न जाने सामान्य नेपाली मजदुरले ४० हजार र होटलमा कुक काम गर्नेले १ लाख २० हजार रुपियाँजति मासिक पाउने गरेको स्थानीय एजेन्टहरूले बताए तर एजेन्टहरू नै सुरक्षित रूपमा इराकमा कामको अवसर दिलाउने वचनबद्धता व्यक्त गर्दैनन्।

इराकमा सामान्यतः अमेरिकी सुरक्षाफौजको क्याम्पभित्र काम गर्नेहरू बढी सुरक्षित त मानिन्छन्, तर त्यहाँसम्म पुग्नु र त्यहाँबाट निस्कनु उनीहरूका लागि खतरापूर्ण रहेको छ । स्थानीय म्यानपावर कम्पनीहरूका अनुसार अहिले पनि अमेरिकी सेनाका क्याम्पभित्र काम गर्न ३ हजारजति नेपाली कामदारको माग भएको छ । अमेरिकी सेनाले अनुमति दिएका म्यानपावर कम्पनीहरूले लगेका कामदारहरूलाई मात्र वैधानिक र अन्य स्वतन्त्र एजेन्टहरूले पु¥याएका कामदारलाई अवैधानिक कामदारको दर्जा दिइएको छ ।

इराक जानका लागि नेपालले आफ्ना नागरिकलाई इजाजत नदिएको भए पनि उनीहरू अन्य खाडी राष्ट्रहरूबाट त्यसतर्फ पुगेका हुन् । यसरी इराक पुग्नेहरूको संख्या झन्डै २० हजार रहेको बताइँदै आए पनि सरकारसँग भने कुनै रेकर्ड पाइँदैन । भारत, पाकिस्तान, फिलिपिन्स, यमनजस्ता मुलुकहरूले आफ्ना देशका कामदार फिर्ता बोलाएकाले अहिले इराकमा कामदारको खाँचो बढेको छ र म्यानपावर कम्पनीहरूका अनुसार अहिले पनि इराक जानका लागि काठमाडौंमा करिब ३ हजार र भारतमा १ हजार जति कामदार प्रतीक्षारत छन् ।

पाकिस्तानी मारिए, भारतीय बन्धक

यसअघि इराकी लडाकूहरूको समूहले अन्य देशका नागरिकसँगै गत अप्रिलमा बन्धक बनाइएका एक नेपाली ड्राइभरलाई भने मुक्त गरेका थिए ।

आफूलाई इस्लामिक आर्मी बताउने इराकी लडाकूहरूको समूहले बन्धक बनाएर राखिएका पाकिस्तानी दुई ठेकेदारलाई गत साउनको दोस्रो साता हत्या गरिदिएका थिए भने फिलिपिन्सका एक ड्राइभरलाई विद्रोहीहरूले मुक्त गरिदिएका थिए । पहिलो साता बन्धक बनाइएका भारतीय तीन ट्रक चालक भने अझै पनि मुक्त भएका छैनन् ।
अल–सुन्ना के हो ?

इराकको परम्परावादी समूह हो जुन अन्सार अल–सुन्ना उत्तरी र पश्चिमी इराकमा सक्रिय आत्मघाती बम आक्रमणका लागि चर्चित छ । संयुक्त सेना र वर्तमान इराकी सरकारको प्रखर विरोधी सो समूह अमेरिकी नेतृत्वमा इराकमा रहेको मानिन्छ । २० सेप्टेम्बर २००३ मा स्थापना गरिएको सो संगठन अन्सार अल–इस्लाम भन्ने अर्को इस्लामिक कट्टरपन्थी समूहकै अर्को रूप मानिन्छ ।

उक्त संगठनले इराकमा दर्जनौं आक्रमण गरिसकेको छ । ९ मार्च २००४ मा इराकको किर्कुट एयरपोर्टमा आक्रमण गरेको समेत सोही संगठनले दाबी गरेको थियो । तर, डिसेम्बर २००३ मा इराककै तेल अफरमा सो संगठनले १ सय अमेरिकी सेना मारेको इन्टरनेटमार्फत दाबी गरे पनि ३० अमेरिकी सैनिक घाइते मात्रै भएको पाइनुले सो संगठनको दाबी कहिलेकाहीँ सत्य या असत्य भनेर दाबी गर्न मुस्किलसमेत हुने गरेको पाइएको छ ।

यसैबीच, इराक हेर्ने पाकिस्तानस्थित शाही नेपाली राजदूत पुष्करमान सिंह राजभण्डारीले बगदादस्थित इराकी विदेश मन्त्रालय र इस्लामावादस्थित इराकी कन्सुलरको कार्यालयमा जतिसक्दो उक्त घटनाबारे बुझेर जानकारी पठाइदिन आफूले आग्रह गरेको भए पनि शनिबार रातिसम्म कुनै जवाफ आइनसकेको बताउनुभयो ।

‘हामीले साउदी अरेबियास्थित शाही नेपाली दूतावासबाट समेत बुझ्ने प्रयास गरिरहेका छौं, तर इराकमा हाम्रो कुनै निकाय नभएकाले अप्ठेरो परिरहेको छ’ – शनिबार राति नेपाल समाचारपत्रसँग राजदूत राजभण्डारीले भन्नुभयो ।
बन्धक बनेका नेपालीहरू

ज्ञानेन्द्र श्रेष्ठ, मनोजकुमार ठाकुर, राजेन्द्रकुमार श्रेष्ठ, जितबहादुर थापा, बुधनकुमार सासुदी, रमेश खड्का, मंगलबहादुर लिम्बू, सञ्जयकुमार ठाकुर, ललनसिंह कोइरी, छोकबहादुर थापा, प्रकाश अधिकारी र विष्णुहरि थापा विष्णु थापा रहेका छन् ।

छानबिन समिति गठन

काठमाडौं ।
इराकमा बन्धक बनेका नेपालीहरूको यथार्थ स्थिति बुझी प्रतिवेदन पेस गर्नका लागि सरकारले शनिबार नै श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नारायणप्रसाद सिलवालको अध्यक्षतामा गृह मन्त्रालयका सहसचिव नारायणगोपाल मलेगो र परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भट्टराई सदस्य रहनुभएको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सो समितिले इराक हेर्ने पाकिस्तानस्थित शाही नेपाली दूतावासमार्फत आधिकारिकता बुझ्ने प्रयास थालिसकेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा. मोहम्मद मोहसिनले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभएको छ । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनबमोजिम गम्भीरता देखाउँदै सरकारले छानबिन समिति गठन गरेको हो ।’

उहाँले घटनाको तथ्य बुझ्न अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरूको समेत सहयोग लिइने बताउनुभयो । छानबिन समितिका सदस्य एवम् नै अमेरिकाको वासिङ्टनतर्फ प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई शनिबार छ । उहाँले उताबाट समेत सो घटनाको बारेमा बुझ्नुहुने जानकारी सरकारले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्