एशियन कप चेस सुरु



काठमाडौं।

नेपाल बुद्धिचाल महासंघ, नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा हेटौडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भयो । बुधबार पहिलो चरणको खेलमा भारतीय खेलाडी सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकील, आइएम महमद मिजाउँदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नाएम हक, भारतीय एफएम अर्विन्देर प्रीत सिंह, राहुल गुरुङ, श्रीलंकन खेलाडी डब्लुआइएम सचिनी राणाशिंघे नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल लगायत सबै शीर्ष खेलाडीले बाजी आफ्नो हातमा पार्न सफल भए।

नेपालका पुरुषोत्तम सिलवाल, शुश्रुत दाहाल, धिरेन राई र टेक राईले पनि सफलता हात पार्न सफल भए। त्यसैगरी पुर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई भारतीय खेलाडी पियुस कुमारसँग बराबरीमा रोकिए भने नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी १४३३ रेटिङ भएका पंकज बोर्सेसंग पराजित भए।

प्रतिक्रिया दिनुहोस्