लागूऔषध र सरकारी दस्तखत किर्तेका तीनजना पक्राउ

0
Shares

उदयपुर । 

 जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषध कारोबारी २ जना र सरकारी दस्तखत किर्तेका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार लागु औषध ब्राउन सुगर सहित पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका १ घर भएका२७ वर्षीय सयद महमद अफजलाई उदयपुरको बेलका नपा १ अम्बासीबाट ३५ गम ७६५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी लागूऔषध मुद्दामा फरार रहेका उदयपुरको त्रियुगा नगरपालिका १३ बस्ने ३५ वर्षका प्रशान्त कार्कीलाई निजकै घरबाट लागु औषध ब्राउन सुगर १ ग्राम ९१० मिलिग्राम सहित पक्राउ गरी उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहर कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरले सरकारी दस्तखत किर्ते गरेको अभियोग लागेको तर फरार रहेका त्रियुगा नगरपालिका राजश्व शाखाका नासु त्रियुगा नपा ११ बस्ने वर्ष ४७ का गुरु प्रसाद ढकाललाई पक्राउ गरेको छ ।

नासु ढकाललाई प्रहरीले खोज तलास गरी सोमबार पक्राउ गरी जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।