रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

0
Shares

काठमाडौँ।

रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। ​

रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलाम–५ का गंगाराज मोक्तान छन्।​

दूतावासका अनुसार उनीहरुको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको हो

रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो।