स्वर्णिम क्वाटरफाइनलमा

0
Shares

काठमाडौं।

स्वर्णिम नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा स्वर्णिमले साइ निलायमलाई १०–६ ले पराजित ग¥यो । स्वर्णिमकी नितिशा महर्जनले ५ अंक जोडिन् ।

जुनियर ब्वाइजमा आयोजक रेडियन्टले साइ निलायमलाई १९–४, इडेन ब्रिज एकेडेम (इबीए) ले पिपुल्स एकेडेमीलाई २२–४ र श्रृजना ज्ञान सागरले रेडियन्ट रिडर्सलाई २०–६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्किब्सलाई ३५–४, जेनिथले केभीसीलाई ४१–१६, रेडियन्ट पब्लिकले रेडियन्ट रिडर्सलाई ४३–२२ र पिपुल्सले विस्डमलाई ३४–१२ ले पन्छ्याउदै प्रिक्वाटरफाइनल यात्रा तय गरे ।