बस पल्टिँदा १४ जनाको मृत्यु, २६ घाइते

0
Shares

एजेन्सी।

तान्जानियाको दक्षिणी लिन्डी क्षेत्रमा आइतबार बिहान बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
लिन्डी क्षेत्रीय प्रहरी कमाण्डर जोन इमोरीले मृतकमध्ये १२ जना बसमा यात्रा गरिरहेका यात्रु रहेको बताएका छन् भने दुईजना पैदल यात्रु रहेका थिए ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी बस मटवारा क्षेत्रको तान्डहिम्बा जिल्लाबाट दार एस सलाम जाँदै गर्दा बाटमा दुर्घटनामा परेको बताएको छ । घटना बारे अनुसन्धान जारी छ ।