स्वार्थ अनुकूल संविधान प्रयोगको नतिजा



कुनै पनि देशको संविधान किन लेखिन्छ ? किन तयार गरिन्छ ? किन संविधान रक्षाको शपथ खाइन्छ ? सत्तामा रहेका हरेक सत्तासीनहरुलाई यो कुरा थाहा छ । नेपालमा संविधानको इतिहासलाई हेर्ने हो भने यसले २००७ सालदेखि प्रवेश गरेको पाइन्छ । त्योभन्दा अगाडि राणाकालीन केही लिखित कानुन र मौखिक कानुनको माध्यमबाट देशलाई सञ्चालन गर्ने प्रयास भएको थियो । यो प्रक्रियाले १०४ वर्ष निरन्तरता पायो । विश्वमा भइरहेको परिवर्तनको प्रभाव र बदलिँदो परिस्थितिले नेपालमा राणाशासनको विरुद्ध इमानदार नेताहरुले जनमत तयार गरे । थुप्रै शहीदहरुले यो मामिलामा आफ्नो जीवनलाई बलिदान गरे । संविधान अनुरुप देशलाई लैजाने सवालमा २००४ सालको संविधानदेखि लिएर पञ्चायती संविधान हुँदै २०६३ को अन्तरिम संविधानसम्मले आफ्नो यात्रा पार गरेर वर्तमानमा २०७२ सालको संविधानले आफ्नो यात्रा जारी राखिरहेको छ ।

राणाकालीन संविधान राणाको स्वार्थ अनुरुप चल्यो भन्दै देशमा दलीय संविधान देखा प¥यो । दलीय संविधानले प्रवेश पाए तापनि त्यसले बाटो समात्न नसकेको भन्दै देशमा पञ्चायती संविधानको प्रवेश हुन पुग्यो । पञ्चायती संविधानमा पनि केही कुरा राम्रा भए तापनि राजाको इसारामा चलेको कारण असफल भएको भनी आन्दोलनमार्पmत देशमा २०४७ को संविधानको प्रवेश हुन पुग्यो । २०४७ को संविधानमा पनि उल्लेख भएका कुराहरु कुनै नराम्रा थिएनन् । मात्र उक्त संविधानमा उल्लिखित धाराहरु कार्यान्वयन हुन नसक्नु र राम्रोसँग गति लिन नसक्नुको कारणलाई भजाउँदै देशमा जनयुद्ध नामको द्वन्द्वले देशलाइ ग्रसित बनायो ।

जनमतले पनि साँच्चै जनताको मुक्तिको लागि नै द्वन्द्वले स्थान ओगटेको हो भने जान–अनजानमा गिन्तीमा आएका मात्र सत्र हजार र गिन्तीमा नआएका अन्य कैयौँ हजारले आफ्नो जीवन उत्सर्ग गरे र २०७२ सालको संविधानलाई देशमा प्रविष्ट गराए । २०७२ सालको संविधानका धाराहरुलाई नियाल्ने हो भने कुनै पनि धारामा असहमति जनाउनुपर्ने अवस्था छैन । यति हुँदाहुँदै पनि नेतृत्वकर्ताहरुको आ–आफ्नो गुटगत स्वार्थका कारण यो संविधान पनि असफलताको विन्दुतिर लम्कँदै छ ।

देशमा दुर्गा प्रसाईंको चर्चाले उग्ररुप लिएको छ । उनी त्यही व्यक्ति हुन् जसले सम्भवतः कुनै पनि दलका नेतासँग सम्बन्ध स्थापित गर्न उनलाई कुनै आइतबार कुर्नुपरेन । प्रचण्ड र ओलीलाई आफ्नो घरमा बोलाएर खाना खुवाएको फोटोलाई कसैले पनि बिर्सेका छैनन् । आजसम्म पनि त्यो फोटोलाई सामाजिक सञ्जालले पछ्याउन छोडेको छैन । ओलीलाई हजुरबासम्म नाता लगाएका उनले आज आएर आफ्नो चाहिँ हजुरबालाई मारेर जेल परेका व्यक्ति भन्दै तीव्र आक्रोश व्यक्त गरिरहेका छन् । वास्तवमा जनजनले प्रसाईंलाई राजनीतिक नेताभन्दा पनि एउटा व्यापारीको रुपमा उनलाई चिन्छन् । इतिहासलाई पछ्याउने हो भने उनले राखेको व्यापारिक माग पूरा नभएपछि उनी व्यवस्था र संविधानविरुद्ध लागिपरेका छन् । अहिले उनको टक्कर विशेष गरेर एमालेसँग परिरहेको छ ।

सामान्य व्यक्ति भए तापनि उनको विशेष गरी ओली र प्रचण्डसँग पहुँच भएका कारणले उनीहरुले गरेका अमिल्दो कर्तुतहरुबारे जानकारी राख्छन् भन्ने कुरामा जनजन विश्वस्त देखिएका छन् । त्यसै कारणले पनि होला गत ७ गते उनले गरेको सामान्य घोषणाले सरकार त्रसित भएकै देखियो । सामाजिक सञ्जालमा देखिएका एक–आपसका गालिगलोजको स्तरलाई हेर्दा विरोध गर्ने शैली र विरोध सहने शैली दुवै स्तरहीन देखा पर्न गयो । कसैको समर्थनमा नारा लगाउन काठमाडौँ आएर राति बास बसेका चेलीहरुलाई बास बसेको स्थानबाट हटाउने कार्य र पत्रकार भूषण दाहालले तयार पारेका दुर्गा प्रसाईंको अन्तर्वार्तालाई सञ्चारमाध्यममा रोक लगाएर देशमा कानुनी शासन र प्रेस स्वतन्त्रताको धज्जी उडेको देखेर लाजले पनि आफ्नो शिर निहुँ¥यायो ।

चाहे राणाकालीन सविधान होस् या निर्दलीय अथवा दलीय संविधान नै किन नहोस्, देशको संवैधानिक इतिहासलाई हेर्दा कुनै पनि बेलाको संविधानले देशमा मूर्तरुप लिनै सकेन । आफ्नो स्वार्थ अनुरुपमात्र संविधानलाई चलाउने कामले शुरुवातीदेखि लिएर आजसम्म निरन्तरता पाई नै रह्यो, जुन देशको लागि दुर्भाग्य बन्न पुगेको छ । एक–आपसमा स्वार्थ बाझिने खालको विषय कसैले पस्किदिनेबित्तिकै बाझिएको स्वार्थलाई आफ्नो अनुकूल खेलाउन चाहने स्वदेशी वा विदेशी शक्तिले सामान्य चलखेल गर्नासाथ दलीय वा निर्दलीय जुनसुकै खेमाका भए पनि एक–आपसमा मारामार र आपैmँमा पनि टुक्रिन र छुट्टिन केही बेर पनि लाग्दै लाग्दैन । राणादेखि प्रजातन्त्रसम्म, पञ्चायतदेखि बहुदल र लोकतान्त्रिक गणतन्त्रसम्मले यो कुरालाई प्रमाणित गरिरहेको छ ।

एकताका भएको वाम एकताले देशमा अनुभूति हुने गरी केही परिवर्तन हुने कुरामा जनजन विश्वस्त देखिएका थिए । कम्तीमा देशमा हुने भ्रष्टाचारमा धेरै प्रतिशत कमी आयो, तस्करहरुको मनोबल गिरेको छ, गैरकानुनी सिन्डिकेटको अन्त्य भएको छ, कानुनको शासन स्थापना भएको छ, लगानीकर्ताहरुको लगानी नडुब्ने वातावरण सिर्जना भएको छ, वैदेशिक सहयोगको पूरापूर पारदर्शितासहित सदुपयोग हुन थालेको छ भन्ने खालका परिवर्तनको अभिलाषामा जनजनहरु रहेका थिए ।

विडम्बना, गणतन्त्र स्थापना भइसकेर दुई–दुईपल्ट आम निर्वाचनबाट जनप्रतिनिधि छानिदा पनि यस किसिमका कामको संकेतसम्म देख्न पाइएको छैन । बरु उल्टो भ्रष्टाचार र बेथितिले देश थिलोथिलो हुन पुगेको छ । वडा–वडामा वा गाउँपालिकामा टाँगिएका नागरिक बडापत्रको सूचना र प्रतिबद्धताहरु ट्वाँ परेर नागरिकहरु र सेवाग्राहीलाई गिज्याइरहेका छन् । नागरिक बडापत्रमा उल्लेख भएका कुराहरु अक्षरशः पालना भएका छन् भन्ने कुराहरु प्रायः कुनै पनि सेवाग्राहीको मुखबाट सुन्न पाइएको छैन ।

कहिले के तन्त्र त, कहिले के तन्त्रको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने राजनीतिक अंशियारहरुकोे जमातले देशको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेका छन् । राजनीतिक अंशियारहरुको क्रियाकलापहरुलाई नियाल्दा वर्तमानका युवापुस्ताहरुलाई पनि अँध्यारोतिर धकेलिरहेको प्रतीत हुँदै छ । गाउँघरका घर–पाखा रित्ता भएका छन् । भएका जग्गा जमिनहरु कि त प्लटिङले टुक्रिए, कि त बाँझोमा परिणत हुन पुगेका छन् । एकातिर प्रत्येक पिँढीहरुमा उदाउँदै गरेका युवाहरुका जोश–जाँगरलाई राजनीतिक अंशियारहरुले आफ्नो स्वार्थमा भरमग्दुर उपयोग गर्न अभैm छाडेका छैनन् भने अर्कोतिर खण्डीकृत राजनीतिमा पहुँच नहुनेहरु विदेश पलायनमा अग्रसर भइरहेका छन् । युवाहरुलाई जिन्दावाद–मुर्दावादको नारा कति लगाउन लगाए–लगाए ।

राजनीतिक अंशियारहरुको विश्वासमा परेर युवाहरुले नारामात्र लगाएनन् तिनीहरुका लागि थुप्रैले आफ्नो जीवनको आहुति नै दिए । आन्दोलनलाई मजबुत बनाउने अभियानमा लागिपरेका मुकेशजस्ता युवा वर्षौं बेहोसीको अवस्थामा रहेर दिवंगत हुनुप¥यो । बेपत्ता पारिएका कतिपयको इतिहास नै हराइसक्यो । होनहार युवाहरुलाई देशको विषयमा सार्थक सम्बोधन गर्ने अवसरबाट सधैँ वञ्चित नै तुल्याउने काम भयो । चिप्लो र आशारुपी अश्वासनको पोकोमात्र वितरण गरी युवाहरुलाई आफ्नो स्वार्थको जालमा फसाउने अजिवोगरिबको धन्दाको निरन्तरता वर्तमानमा पनि जारी नै छ ।

गएको ७ गतेको आन्दोलन पनि ढुंगा हानाहान, पानीको फोहोरा र अश्रुग्यास प्रहारबाट अछुतो रहन सकेन । वर्तमान संविधान अनुसार निर्वाचित भएका सांसदले व्यवस्था खारेजीको माग गर्नु, जनयुद्धमा संलग्न भई गोली खाएका व्यक्तिले जनयुद्ध नामको आन्दोलनमात्र नेताहरुलाई सत्तामा पु¥याउने रहेछ भन्ने अभिव्यक्ति बारम्बार सार्वजनिक भैरैहनु भनेको गणतन्त्रले जनतालाई सम्बोधन गर्न नसकेकै हो । प्रसाईंको राजावादीहरुसँग जे–जस्तो साँठगाँठ रहेको भए तापनि बाहिर देखिँदा प्रसाईं एक्लोको आह्वानमा त्यति मान्छे भेला हुनु भनेको चानचुन कुरा मानिनुहुँदैन ।

उनले राजनीतिक दृष्टिकोणलाई मध्यनजर गरेर जनविद्रोह भने तापनि वास्तवमा यो जनविद्रोह नभई राजनीतिक विद्रोह भएको कुरामा दुईमत देखिँदैन । यो आन्दोलनले पुराना दलका नेतृत्वहरुको निद्रा पक्कै हराम भएको देखिन थालेको छ । प्रतिपक्षमा रहेका भनेका दलका नेतृत्व दुर्गा प्रसाईंलाई खुल्ला नछोडी हिरासतमा राख्न सरकारलाई दबाब दिइराखेका छन् तर सरकार त्यो कदम चालिहाल्ने अवस्थामा देखा परेको छैन । प्रसाईंलाई गिरफ्तार गरेमा त्यसको प्रतिकूल असर आपूmलाई पर्न सक्ने कुरामा वर्तमान सरकार सचेत भएको जनजनले अनुमान गरेका छन् । यो आलेख तयार पार्दासम्मको अवस्थाले संघीयता खारेज नभएसम्म र प्रचण्ड सरकारले आत्मसमर्पण नगरेसम्म आन्दोलन जारी रहने कुराले भविष्यमा देशले कुन नियति भोग्नुपर्ने हो, अहिले टुंगो लागेको छैन ।

प्रत्येक दलमा रहेका अहंवादी काँडाहरुले घोच्दा–घोच्दा यो अवस्थामा देश पुगेको भन्ने कुरामा जनजन विश्वस्त छ । जनहितको जुन–जुन कुराहरु गरिछाड्छौँ भनेर संविधानलाई छोएर देशको कसम खाएकाहरुले अपनाएको नीति र चालेको कदमलाई हेर्दा र सुन्दा ती सबै कसमहरु ढोंग र अभिनयमात्र रहेछ भन्ने कुरा आज आइपुग्दा प्रमाणित भएको छ । अरु त अरु देशका राष्ट्र«पति सिंगो देशको हुन सकेनन् । कम्तीमा दलीय नेतृत्वबाट बेलाबेलामा हुने गल्ती र कमजोरीलाई देखाई सच्चिन सुझाव दिनुपर्ने निकाय आफ्नो राजनीतिक दलको गोटी बनेर त्यही अनुसारको भूमिका खेलिदिँदा संवैधानिक राष्ट्रपति नाममात्रमा परिणत भएको छ ।

कम्तीमा राष्ट्रपति छनौट प्रक्रियामा पुनर्विचार गर्नै पर्छ भन्ने सन्देश बेलाबेलामा प्रवाह हुँदासमेत दलीय नेतृत्वले कहिल्यै टेरपुच्छर लगाएनन्, जसको नतिजा दलहरुले भोग्दै छन् । जनजनले पटक–पटक आफ्नो आवाजमार्पmत दलहरुलाई संविधान विपरीत नजान, नसोच्न र संविधानका धाराहरुलाई जथाभावी आफ्नो स्वार्थमा प्रयोग नगर्न अनि दखल अन्दाजी नगर्न बारम्बार खबरदारी गर्दै आएका छन् । यी कुरा र खबरदारीलाई दलहरुले कहिल्यै गम्भीरतापूर्वक लिएनन् । जनजन भनेका हाम्रा दास हुन् भन्ने मान्यतालाई स्थापित गर्न दलहरु सधैँभरि लागी नै रहे । यसैको नतिजा आजको दिन हो । बेलैमा अब पनि नसच्चिने हो भने दलहरुलाई काँध थाप्न जनजन तयार देखिँदैनन् ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्