२७औं पटक निःशुल्क मोतिविन्दु शल्यक्रिया सम्पन्न



काठमाडौं ।
युवा नेत्र सेवाको आयोजनामा कीर्तिपुरस्थित नगरमण्डप श्री कीर्ति विहारमा २७औं पटक निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ४६ जनाको मोतिविन्दुको शुल्यक्रिया गरेको छ ।

युवा नेत्र सेवाले गरिबहरुलाई लक्षित गर्दै समवेदनशिल आँखा अन्दोपनबाट हटाउने उद्देश्यले आर्थिक स्रोत अभाव भएका मोतिविन्दुका विरामीहरुलाई शनिबार नगरमण्डप श्री कीर्ति विहारमा शल्यक्रिया गरेको छ ।

उक्त अवसरमा प्रमुख अतिथि वरिष्ठ गायिका सगीता थापा श्रेष्ठ, वरिष्ठ रचनाकार डा. नवराज लम्साल र वरिष्ठ संगीतकार मनराजा नकर्मीले संयुक्त रुपमा पानसमा बत्तीबाली उद्घाटन गर्दै कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

यसै गरी सेवाका महासचिव रोशनराज महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष सिद्धार्थ रंजितको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शिविरमा मोतिविन्दु शल्यक्रिया गर्नुहुने वरिष्ठ नेत्र विशेषज्ञ डा. अर्जुन श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्