हमासले २४ जना बन्धकलाई रिहा गर्‍यो

0
Shares

काठमाडौं ।

विद्रोही समूह हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन २४ जना बन्धकहरूलाई रिहा गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका र थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ ।

इजरायल-हमास युद्ध सुरु भएको डेढ महिनापछि चार दिनका लागि युद्धविराम भएको हो । युद्धविरामको पहिलो दिन २४ जना बन्धक रिहा गरिएको रेडक्रसले पुष्टि गरेको छ । बन्धकहरू रिहा भएपछि एक्सको पोस्टमा २४ बन्धकहरूको सुरक्षित रिहाइको पुष्टि गर्न पाउँदा खुसी भएको रेडक्रसले उल्लेख गरेको छ ।

मुक्त गरिएका १३ जना इजरायली, १० जना थाई र एक जना फिलिपिनी नागरिक हुन् । इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा चार दिनभित्र ५० बन्धक र १ सय ५० प्यालेस्टिनी कैदी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो । शुक्रबारै इजरायली जेलमा राखिएका ३९ प्यालेस्टिनी बन्दीहरू पनि रिहा भएका छन् ।

गत अक्टोबर ७ मा इजरायलमा गरेको हमलाका क्रममा हमासले करिब २ सय ४० जनालाई बन्धक बनाएको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामाथि इजरायलको आक्रमणमा हालसम्म १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

तीमध्ये ५ हजारभन्दा बढी बालबालिका हुन् ।