सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

0
Shares

काठमाडौं ।

बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलामा १ लाख १६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ४५५ रूपैयाँमा किनबेच भइरहेको छ ।