डिएसपी गोविन्द पन्थी सम्मानित

0
Shares

 काठमाडौँ। 

डिएसपी गोविन्द पन्थी’ ‘वेस्ट पुलिस अफ द मन्थ’ उपाधिबाट सम्मानित भएका छन्।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्तिक महिनामा सबैभन्दा राम्रो काम गरेको भन्दै सोही  कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक गोविन्द पन्थी लाई सर्वोत्कृष्ट घोषणा गर्दै  ‘वेस्ट पुलिस अफ द मन्थ’  को उपाधिद्वारा सम्मान गरेको हो।

उक्त कार्यालयले उपत्यकाका तीन जिल्लामा  घटित अपराधको अनुसन्धान एवम् अपराध रोकथाममा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ।

 डिएसपी पन्थीले उक्त कार्यालयको पिलर ८ को जिम्मेवारी सम्हाल्दै आएका  छन्। पिलरले वैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान एवम् कारबाही गर्ने गर्दछ।  पिलरको जिम्मेवारी पन्थीले सम्हालेपश्चात् धेरै पीडितहरूले न्याय पाएको र ठगी गर्नेहरुलाई कानुनी दायरामा ल्याइएका थिए।पछिल्लो पटक भिजिट भिसामा विदेश जाँदा कागजपत्र शंकास्पद भनी त्रिभुवन बिमानस्थलबाट फर्काइएका ब्यक्तिहरुका कागजात नक्कली बनाउने गिरोहलाई समेत डिएसपी पन्थीको नेतृत्वमा रहेको टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

उक्त गिरोहबाट ठूलो मात्रामा नक्कली सर्टिफिकेट ,प्रहरी रिपोर्ट , विभिन्न सरकारी छाप लगायतका कागजात बरामद गरी  प्रहरीले सार्बजनिक समेत गरेको थियो।उक्त कार्यालयको नेतृत्व हाल  एसएसपी  सोमेन्द्र सिंह राठौरले गरिरहेका छन्।