सवारी दुर्घटनामा चालकको मृत्यु

0
Shares

नवलपरासी। 

पूर्व पश्चिम महेन्द्र राजमार्गको पथ्थर खाेला नजिक मंगलबार बिहान ट्रक र कार ठोक्किँदा एक चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जिल्ला रुपन्देही सिद्धार्थ नगर ८ बस्ने ५९ वर्षीय हरिश्चन्द्र मान श्रेष्ठ रहेका छन् ।

पश्चिमबाट पूर्व आउदै गरेको लु २ ख ५८०५ नम्बरको ट्रक र पूर्वबाट पश्चिम जाँदै गरेको लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किँदा साे दुर्घटना भएको हाे ।

दुर्घटनामा कारमा सवार जिल्ला सर्लाही चन्द्रनगर गाउँ पालिका ८ निवासी २८ वर्षका सरोज शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद पाैडेलले बताए ।