पूर्व अरनिको यातायातको सिण्डिकेटविरुद्ध हिमाल तराई, सगरमाथा र मध्यपहाडी यातायात

294
Shares

काठमाडौँ।

ओखलढुंगा जिल्लामा चल्ने यात्रुवाहक भाडाका बसहरु संचालन गर्न स्थानीय प्रशासनमा भएको सहमति विपरित पूर्व अरनिको यातायात समितिले दादागिरी देखाउँदै सिण्डीकेट गरेको भन्दै हिमाल तराई यातायात, सगरमाथा यातायात र मध्यपहाडी यातायातले असहति जनाएका छन् ।

पूर्व अरनिको यातायातले समितिले गरेको निर्णयलाई ब्यक्तिगत ब्यवसायसँग जोडेर मान प्रतिष्ठा र इज्जतमा समेत खेलवाड गरेको भन्दै काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । ओखलढुंगा जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार यसअघि हिमाल तराई, सगरमाथा र मध्यपहाडी यातायातले संचालन गरेको रुटमा पहिला त्यहि समिति अन्र्तगतका बसहरु छुट्ने र लगत्तै पूर्व अरनिको यातायात समितिका बसहरु चल्ने निर्णय गरेको थियो ।

त्यस्तै पूर्व अरनिको यातायातका बसहरु चल्ने स्थानमा पहिला त्यहि समितिका बसहरु चल्ने र पछि अरु समितिका बसहरु चल्ने सहमति भएको थियो ।पूर्व अरनिको यातायात समितिले सहमति विपिरत बसहरु संचालन गरेसँगै अन्य समितिले पनि पूर्व अरनिको यातायात चल्ने तीनवटा रुटमा बस संचालन गरेको थियो । बस संचालन गरेको भन्दै पूर्व अरनिको यातायातको सिण्डिकेट विपरित बसहरु संचालन गरेको भन्दै मजदुरहरुलाई कुटपिट गर्ने, बाटो छेक्ने, हातपात र दुब्र्यवहार गर्ने जस्ता कार्य गरेको भन्दै विभिन्न स्थानमा सुरक्षाका लागि निवेदन दर्ता गरेको हिमाल तराई यातायात समितिका अध्यक्ष आत्मराम थापाले बताए ।

‘पूर्वअरनिको यातायात समितिका सदस्य सचिव प्रभुराम थापाले जारी गरेको विज्ञप्तीले सरकारले हटाएको सिण्डिकेटको पक्षधर हुँदै नीजि ब्यवसायमाथि समेत धावा बोलिएको छ’–अध्यक्ष थापाले भने–‘नीजि पेशा र ब्यवसायमाथि सिंगो समितिले गरेको निर्णयको हवाला दिदैं जारी गरिएको विज्ञप्ती प्रति गम्भिर आपत्ति छ ।’ प्रभुराम थापाले जारी गरेको विज्ञप्तीमा आत्माराम थापा संचालक रहेका तीनवटा पम्पमा पूर्वअरनिको यातायात समितिका बसहरुले तेल नहाल्न उर्दी जारी गरिएको छ ।

ओखलढुंगाको पलापु क्यु संचालन गर्ने पूर्वअरनिको यातायातका गाडीहरुलाई प्रति टिप १ सय लिटर डिजेल समेत समितिले राखिदिने घोषणा गरेको छ । पूर्वअरनिको यातायातले संचालन गरेका बसहरुको रुटमा हिमाल तराई, सगरमाथा यातायात र मध्यपहाडी यातायातले बस संचालन गरेको भन्दै पूर्व अरनिको यातायातले सिण्डिकेट कायम गर्न पम्पकाविरुद्ध विज्ञप्ती प्रकाशन गरेको हिमाल तराईका अध्यक्ष आत्मराम थापाले बताए ।

पूर्व अरनिको यातायातले जडिबुटीमा निर्माण गरेको बस सेवा संचालन नगरेको, क्युमा आफुखुशी गरेको जस्ता विषयमा हिमाल तराई यातायात, सगरमाथा यातायात र मध्यपहाडी यातायातले अटेर गरेका कारण उक्त समितिका पम्पमा तेल नहाल्न उर्दि गरेको पूर्व अरनिको यातायात समितिले बताएको छ ।