ट्रकको ठक्करबाट सहकारी अभियन्ता देवकोटा र क्षेत्रीको मृत्यु

शोकमा मेला एकदिन बन्द  

0
Shares

बुटवल।  

रुपन्देहीको तिलोत्तमा ड्राईभरटोलमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । सहकारी अभियन्ता माधव देवकोटाले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो ।

बुटवलबाट भैरहवातर्फ मोटर साइकलमा जाँदै गरेका देवकोटालाई पछाडिबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। लु ४९ प २२३० नम्बरको मोटर साइकलमा जाँदै गरेका देवकोटासँगै सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि निधन भएको प्रहरीले जनाएको छ ।

देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवैको शव मणिग्राम स्थीत क्रिमसन अस्पतालबाट पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।

देवकोटा कांग्रेस तिलोत्तमा नगरका नेता समेत हुन् । भने तिलोत्तमा सहकारीका अध्यक्ष समेत हुन् ।   देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए । विभिन्न सामाजिक तथा पेसागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत हुन् । क्षेत्री दुर्गा मन्दिर तिलोत्तमा २ जानकीनगरकी अध्यक्ष समेत रहेकी थिइन् ।

‘ तिलोत्तमा उद्योग वाणिज्य संघका संस्थापक महासचिव तथा सल्लाहकार माधवलाल देवकोटाको  सवारी दुर्घटनामा परि अकल्पनीय दुःखद् निधनले हामी स्तब्ध भएका छौँ। ड्राइभरटोलबाट मणिग्रामतर्फ जादैँ गर्नुभएका देवकोटालाई ना ६ ख ८१६१ नं.को ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । लु ४९ प २२३०नम्बरको मोटरसाइकलमा जादैँ गर्नुभएका देवकोटा सँगै सवार तिलोत्तमा नगरपालिका वडा नं.२, जानकीनगर निवासी यादा क्षेत्रीको समेत निधन भएको छ । स्वर्गीय देवकोटा र क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति संघ हार्दिक समवेदना प्रकट गर्दछ। संघका सल्लाहकार देवकोटाले संघ तथा व्यवसायिक हकहितका लागि गर्नुभएको विशिष्ट योगदानको उच्च मूल्यांकन र सम्मान प्रकट गर्दै संघले तिलोत्तमा नगरपालिका वडा नं. ५, प्रदर्शनी मण्डपमा जारि राखेको मेलामा आज सोमबारका लागि तय गरेका सांस्कृतिक, सांङ्गितिक लगायतका सम्पर्ण कार्यक्रमहरु १ दिनका लागि स्थगित गरेको छ ।
आज मेला अवलोकनका लागि टिकट काट्नुभएका दर्शक, उपभोक्ता तथा स्टल व्यवसायीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना प्रकट गर्दै आज सोमबार टिकट लिएका दर्शकहरुलाई सोहि टिकटबाट भोलि मंगलबार प्रवेशको व्यवस्था गरिएको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ सोमबार स्थगित गरिएका सम्पूर्ण कार्यक्रमहरु मंगलबार देखि नियमित सुचारु हुने समेत यस विज्ञप्ती मार्फत जानकारी गराउँदछौँ । ‘