सुन जस्तो पहेलाे धातुसहित रसुवागढी नाकाबाट ३ जना पक्राउ 

0
Shares

धुन्चे रसुवा। 

रसुवागढी नाकाबाट  सुन जस्तो पहेलाे धातुसहित ३ जना पक्राउ परेका छन्  ।

करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेँलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका-५ चिलिमे बस्ने १६ वर्षीया किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् ।

 रसुवागढी नाका स्थित नेपाल  प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयकाे  संयुक्तरुपमा  खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ५ थान बेरूवा औँठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।