इलाममा बस दुर्घटना : एकको मृत्यु, ३५ जना घाइते

0
Shares

काठमाडौं ।

इलाममा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आइतबार अपराह्नमा रोङ गाउँपालिका-३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।

ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल  भीरमा खसेर रूखमा अड्किएको थियो। बसमा सवार ३६ जनाको निकालेर उद्धार गरिएको थियो।

एक जना मृतक बालकसहित ३५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ। बालकको पहिचान खुलेको छैन।

कन्याम घुम्न आएको बस दुर्घटनामा परेको बताइएको छ।