सशस्त्र प्रहरीद्वारा रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद 

0
Shares

काठमाडौँ। 

सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।

 इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाइ नगरपालिका -३ स्थित एक  घर बाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल , त्यसमा लाग्ने गोलि १३ गोटा , म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रबक्ता डिएसपि शैलेन्द्र थापाले जानकारी दिए  ।

सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो सो घरमा खानतलासी गरेको थियो । बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यु एस ए र एक नाल मेड इन इन्डिया लेखिएको छ । हतियारसहित मोबाइलको सोमकार्ड , मोबाइल ,शेख एजाज  अहमदको नाममा जारी गरिएको  नागरिकता समेत बरामद भएको डिएसपी थापाले बताए  ।

सो क्षेत्रमा थप अप्रेसन जारी छ भने केही व्यक्ति घर भित्र ढोका थुनेर बसेको अवस्थामा रहेका छन् ।